मुख्य समाचार
राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस | सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत | मधेशमा ठूलो उलटफेर : मधेशकेन्द्रित दलहरू संसदबाहिर, ऐतिहासिक ‘क्लीन स्वीप’ | कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान |

लेटाङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ग्रीनभ्यालीलाई

Kanchan24 1+ समाचार ( )
२९ पौष २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि लेटाङ ग्रीनभ्यालीले जितेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा शिक्षा विकास माध्यमिक विद्यालयको व्यवस्थापनमा गत पौष २७ गतेदेखि सुरु भइ आज आइतबार सम्पन्न भएको प्रतियोगितामा ७ वटा स्वर्ण पदक हात पार्दै लेटाङ ग्रीनभ्यालीले रनिङ शील्ड २०८० को उपाधि जितेको हो ।

नगरका विभिन्न १६ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा १६ वटा खेल सञ्चालन गरिएकोमा लेटाङ ग्रीन भ्याली एक्लैले ७ स्वर्ण हात पारेको हो । यसैगरि २ स्वर्ण ५ रजत पदक जित्दै शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ ५ दोश्रो स्थानमा आएको छ भने लक्ष्मी माध्यमिक विद्यालय लेटाङ २ २ स्वर्ण र २ रजत पदक पाउँदै तेश्रो भएको छ ।

पौष २७ गते शिक्षा विकास माध्यमिक विद्यालयमा उद्घाटन भएको प्रतियोगिता आज लेटाङ ४ स्थित भलिवल खेल मैदानमा समापन गरिएको हो । प्रतियोगितामा भलिवल, ज्यावलिङ थ्रो, सटफुट, लङजम्प, दौड ४ सय मिटर, दौड ८ सय मिटर, दौड १५ सय मिटर र दौड ३ सय मिटर गरि ८ वटा खेलका छात्र छात्रा गरि १६ वटा इभेन्ट सञ्चालन गरिएको नगरपालिकाको शिक्षा शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो ।

नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुमारी निरौला, नगर शिक्षक महासंघका अध्यक्ष हरि प्रसाद धिमाल, विभिन्न खेलसँग सम्बन्धित व्यक्तित्वहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको समापन समारोहकै दिन भलिवलको छात्र र छात्रा दुवै तर्फको फाइनल खेल सञ्चालन गरिएको थियो । महिलातर्फ शिक्षा विकास माध्यमिक विद्यालयले स्वर्ण जितेको थियो भने पुरुषतर्फ महेन्द्र माध्यमिक विद्यालय लेटाङ ७ वारांगीले स्वर्ण पदक जितेको थियो । नगर प्रमखु भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले विजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गर्नुका साथै विजेता छात्र छात्राहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

सो अवसरमा प्रतियोगितामा व्यवस्थापकिय भूमिका निर्वाह गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, सोही विद्यालयका स्वायम्सेवक विद्यार्थीहरु, भलिवल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने नगर भलिवल संघका पादाधिकारी र खेलाडीहरु तथा प्रतियोगितामा सहभागी विद्यालयहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया

इन्द्र बहादुर थापा २९ पौष २०८०, आइतबार

तीन सय हैन तीन हजार मीटर हो दौडमा

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार