मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार एकजनाको मृत्यु

Kanchan24 1+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

सुनसरी । शनिबार विहान आएको हावाहुरीका कारण सुनसरीको बराहक्षेत्रमा १ जनाको ज्यान गएको छ । कान्छीचौक चतरा सडकखण्डको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा पर्ने पटनरीको जंगलमा हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार १ जनाको ज्यान गएको हो ।

झुम्काबाट चतरातर्फ जाँदै गरेको को २ प ५५०२ नम्बरको स्कुटरको पछाडी सवार रामुधनी ३ बस्ने मनोहरलाल चौधरीको रुखको हाँगाले लागेर ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । 

विहान १० बजेतिर स्कुटरमा जाँदै गर्दा आएको हावाहुरीले रुख ढाल्दा रुखको हाँगाले स्कुटरको पछाडी सवारी चौधरीलाई लागेर ज्यान गएको हो । स्कुटर चालक सूरज चौधरीको अवस्था सामान्य रहेको छ ।

शनिबार विहान कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा हावाहुरीसँगै वर्षा भएको थियो ।  हावाहुरीबाट अन्यत्रबाट भने कुनै क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी रामधुनी झुम्कामा म्याजिक सिनेमा हल सञ्चालन गर्दै आएका चलचिकर्मी पर्शुराम चौधरीका पीता हुन् ।  झुम्का हुँदै चतरा उदयपुर जाने क्रममा दुर्घटना भएको आफन्तजनले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार