मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

सप्तरीमा एकल महिला भएको संख्या २० हजारको हाराहारीमा तथ्याङ्क सार्वजनिक

Kanchan24 315+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

कञ्चनरूप । राजविराजस्थित एकल महिला आत्मनिर्भरता तथा पुनर्स्थापना केन्द्र सप्तरीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा बिस्तार गर्दै यस्तो अभियान सुरु गरेको हो । 
एकल महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तीकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् । 
घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जीवन बिताइरहेका एकल महिलाहरूलाई सङ्गठित गरि क्षमता अभिवृद्धि, सीपमूलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताइन् । 
केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् । एकल महिलाको जीवनस्तरमा सुधार ल्याउन राज्यले धेरै नीति निर्माण र योजना ल्याएको बताइरहँदा पनि व्यवहारमा त्यस्तो नदेखिएको र कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको उनले बताइन् । 
यस्तै सप्तरीमा झण्डै २० हजारको हाराहारीमा एकल महिला रहेको अनुमान गरिएको छ । यद्यपि यसबारे तथ्याङ्क सङ्कलनको काम चलिरहेको उनले जानकारी दिइन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा बजारमा बिस्तार गरिएको केन्द्रको शाखा क्रमशः जिल्लाका सबै १८ वटै पालिकामा बिस्तार गर्दै अभियानलाई गति प्रदान गरिने उनको भनाई छ । 
उनले ठूलो सङ्ख्यामा एकल महिला रहेपनि हिंसामा परेका तथा घरबार विहीन भएका त्यस्ता महिलालाई सुरक्षित वास स्थानका लागि एउटा पनि महिला सेफ हाउस जिल्लामा नहुनु दुःखद विषय भएको बताइन् । सेफ हाउस नहुँदा पीडित महिलालाई सुरक्षित साथ राख्न समस्या हुने गरेको भन्दै उनले राज्यले अविलम्ब यसतर्फ ध्यान नदिए सबैको साथ र सहयोग लिएर निकट भविष्यमै केन्द्रले आफै सेफ हाउस निर्माणका लागि पहल गर्ने बताइन् । 
कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता देवी यादव सिपलियाले एकल महिलाको जीवनस्तरमा सुधार र सशक्तीकरण क्षेत्रमा पालिकाको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
केन्द्रकी प्रमुख ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासङ्घका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, सगरमाथा अपाङ कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, संस्थाकी कोषाध्यक्ष सरिता भगत, पत्रकार महासङ्घका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी, प्रभु महालक्ष्मी इन्स्युरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मण शर्मा, आयोजक संस्थाकी उपाध्यक्ष पिन्की झा, सचिव रेखा मण्डल लगायतले अभियानको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । कार्यक्रम सञ्चालन समाजसेवी कमल मण्डलले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार