पत्रकार महासङ्घ सप्तरीद्वारा दीप प्रज्ज्वलन

२६ चैत्र २०८१, बुधवार
कञ्चनरूप । स्वर्गीय पत्रकार सुरेश रजकलाई न्यायको मागगर्दै नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले आज साँझ गजेन्द्र नारायण चौकमा दीप प्रज्ज्वलन गरेको छ ।
महासङ्घका जिल्ला अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा साँझ जिल्लाका सञ्चारकर्मीले राजविराज स्थित गजेन्द्र नारायण चौकमा दीप प्रज्ज्वलन गरेका हुन ।
पत्रकार रजकको हत्या भएको लामो समय बित्दापनि हत्यामा संलग्नहरूलाई अझै पक्राउ नगरिएको विरोधमा महासङ्घले चरणबद्ध आन्दोलन अन्तरगत दीप प्रज्ज्वलन गरिएकोले हो ।
महासङ्घले स्वर्गीय पत्रकारको हत्यामा संलग्नलाई कारबाही र सञ्चारक्षेत्रको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।