मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

धर्मसंस्कृति
विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी

Kanchan24 336+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

कञ्चनरूप । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा, देशको गहना हो यसको संरक्षण र प्रबर्द्धन गर्ने सरकार पछिहट्न  नमिल्ने बताएका छन । 
नेवाःदेय् दबू सप्तरीका जिल्ला तथा नगरसमितिका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन् । 
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित बस्तीपुरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री लेखीले देशमा विभिन्न जातजातिको संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको र संविधानले नै प्रत्याभूत गरेको अधिकारलाई टेकेर तीनै तहको सरकारले सबै जातजातिको पहिचान र संस्कृति जगेर्नाका लागि बजेट विनियोजन गर्नुपर्नेमा उल्लेख गरे । 

मन्त्री लेखीले स्वायत्त प्रदेश, क्षेत्र र इलाका गठन अझै गर्न सकिएको छैन, संविधानले ग्यारेन्टी गरेको हक कार्यान्वयन नहुँदा जनताको अझै श्रोत साधनमा सहज पहुँच पुग्न सकेको उल्लेख गरे ।’
विभिन्न कठोर आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि थप सङ्घर्ष गर्नुको विकल्प नरहेको बताए । 
सपथग्रहण कार्यक्रममा नेवास् देय् दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, नेपाल मगर सङ्घ सप्तरीकी अध्यक्ष साधना राना , मधेस प्रदेश अध्यक्ष तिलकमान श्रेष्ठ, नेवास् देय् दबू सप्तरीका पूर्व अध्यक्ष जित बहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापक नागेन्द्र श्रेष्ठ, नेवा: देय् दबू सप्तकोशी नगरपालिका अध्यक्ष विनोद श्रेष्ठ , नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज ) मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान , कञ्चनरूप का पूर्व नगरप्रमुख मिश्र लगायतले नवनिर्वाचित जिल्ला तथा नगर समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे थिए । भने नेवा देय् दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार