मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

देशमा कुनै उथलपुथल नआए आफ्नो क्षेत्रमा लागि केही गरेर मात्रै मर्ने धोको रहेको छ : वन तथा वातावरण मन्त्री

Kanchan24 318+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

राजविराज । वन तथा वातावरण मन्त्री नवलकिशोर साहले देशमा कुनै उथलपुथल नआए आफ्नो क्षेत्रमा लागि केही गरेर मात्रै मर्ने धोको रहेको बताएका छन् । आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सप्तरीको महुलीमा आइतबार आयोजित सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रबासीले गरेको अपार माया, प्रेम र सद्भावलाई सम्झेर क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले देशकै विकास गर्ने अभिभारा आफ्नो काँधमा आएपनि आफ्नो निर्वाचन क्षेत्रको जनताको समस्या र आवश्यकतालाई पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए । 
“समग्र देशकै विकास गर्ने अभिभारा मेरो हो, उनले भने, मलाई मन्त्री गनाउने जनताको आवश्यकता र समस्यालाई हेर्नुपर्ने मेरो पहिलो दायित्व हो, कुनै राजनीतिक उथलपुथल नभए क्षेत्रबासीको लागि केही गरेर मात्र मर्ने मेरो धोको छ ।” 
उमेरले पनि आफू जीवनको अन्तिम उत्तरार्धमा पुगेको भन्दै क्षेत्रको लागि केही गरेर मात्र मर्ने सोच राखेको उनको भनाइ थियो । नेपाली राजनीति जटिल मोडमा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफू बाँचुन्जेल उथलपुथल हुने भनाइले पनि स्थिर सरकार अझै नभएको तर्क गर्दै कति खेर पद जाने हो त्यसको ग्यारेन्टी नभएको बताए । 
आफू मन्त्री पदमा हुन्जेल जनपक्षीय र उत्कृष्ट काम गर्ने दाबी गर्दै मन्त्री साहले सरकारको नीति बमोजिम आ–आफ्नो ठाउँको योजनाको डिपिआर बनाएर दिन आग्रह गरे । 
अन्य मन्त्रालयसँग सहकार्य र समन्वय गरि योजना इन्टरभेन्स गरेर भएपनि विकास निर्माणको कार्यलाई गति दिने बताउँदै मन्त्री साहले सोही अनुसार योजना तयार गरि पेश गर्न अनुरोध गरे । 
सरकार स्वामित्वको दुग्ध विकास संस्थानले किसानको करोडौं भुक्तानी गर्न बाँकी राखेको कुरा सदनमा उठाएको भनी सम्मान गरेको भनेपछि उनले जनताको समस्या उठाउने आफ्नो कर्तव्य मात्र पूरा गरेको उल्लेख गरे । 
जनताले आफूमाथि लगाएको  गुणको ऋण चुक्ता गर्न कहिल्यै नसक्ने भन्दै मन्त्री साहले जनताकै मतले मन्त्री बनाएकोले जनअपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
विकास विरोधी तत्त्वले कमिसन लिएको भनी अनावश्यक भ्रम सिर्जना गरि बदनाम गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले कमिसन लिएको पुष्टि गरेर देखाउन चुनौती दिए । उनले विकासको कार्यमा कसैलाई कमिसन दिन नहुनेमा जोड दिदै कसैले कमिसन मागेको सूचना पाए कारबाही गर्ने चेतावनी दिए । 
सहकारी संस्थाका उपाध्यक्ष प्रेमलाल न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, डिभिजनल वन कार्यालय सप्तरीका वन अधिकृत सचेन्द्र यादव, संस्थाका संस्थापक अध्यक्ष भुवन आचार्य, सामुदायिक वन उपभोक्ता समुह अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष अर्जुन आचार्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
संस्थाका व्यवस्थापक बोधराज सुवेदीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य डम्बर कुमार बस्नेतले गरे । 
उक्त अवसरमा मन्त्री साहलाई संस्थाको तर्फबाट दोसल्ला ओढाएर, टोपी लगाएर  र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने सर्वसाधारणले समेत पुष्पगुच्छाद्वारा अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार