मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही

Kanchan24 324+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

कञ्चनरूप । कञ्चनपुर नगर अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा गम्भीर त्रुटि गरेको भन्दै स्थानीयस्तरमा चर्को आलोचना सुरु भएको छ। अस्पतालबाट जारी गरिएको अल्ट्रासोनोग्राफी (USG) रिपोर्टमा पुरुष बिरामीको नाम र लिङ्ग उल्लेख गरिए पनि प्रतिवेदनमा “Uterus (पाठेघर) Normal” तथा “B/L Adnexa” जस्ता महिलासम्बन्धी अंगहरूको विवरण समावेश गरिएको भेटिएको छ।

उपलब्ध कागजातअनुसार बिरामीको ओपीडी टिकटमा “80 Years/Male” अर्थात् ८० वर्षीय पुरुष उल्लेख गरिएको छ। तर सोही बिरामीको नाममा जारी गरिएको अल्ट्रासाउन्ड रिपोर्टमा पाठेघर र महिलाको प्रजनन अंगसम्बन्धी विवरण समावेश गरिएको देखिन्छ। यसले अस्पतालको सेवा, रिपोर्टिङ प्रणाली तथा बिरामीको अभिलेख व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्ता त्रुटिले बिरामी र परिवारलाई भ्रमित मात्र बनाउँदैन, गलत उपचारको जोखिमसमेत निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार परीक्षण प्रतिवेदन तयार गर्दा बिरामीको विवरण, लिङ्ग तथा चिकित्सकीय तथ्यहरूको दोहोरो प्रमाणीकरण अनिवार्य हुन्छ।

स्थानीयवासीहरूले प्रश्न उठाएका छन्, “पुरुष बिरामीको रिपोर्टमा पाठेघर कसरी आयो ? के रिपोर्ट अर्कै बिरामीको कपी–पेस्ट गरिएको हो ?” उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न माग गरेका छन्।

कञ्चनपुर नगरपालिका र कञ्चनपुर नगर अस्पताल प्रशासनले यस विषयमा तत्काल स्पष्ट धारणा सार्वजनिक गरी सत्यतथ्य छानबिन गर्नुपर्ने देखिएको छ। स्वास्थ्य संस्थाबाट हुने यस्ता कमजोरीले जनविश्वास कमजोर बनाउने भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ।

प्रश्नहरू उठेका छन् :

पुरुष बिरामीको रिपोर्टमा पाठेघरको विवरण किन उल्लेख गरियो ?

रिपोर्ट तयार गर्दा बिरामीको विवरण प्रमाणीकरण गरिएको थियो कि थिएन ?

यो मानवीय त्रुटि हो वा प्रणालीगत लापरबाही ?

यस्ता त्रुटि दोहोरिन नदिन अस्पतालले के कदम चाल्दैछ ?

जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कञ्चनपुर नगरपालिका र नगर अस्पतालले तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार