धर्मेश्वर मन्दिर परिसरमा ३०० बिरुवा वृक्षरोपण

२ अशोज २०८१, बुधवार
कञ्चनरूप । सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझिया सप्तरीको विशेष कार्य तालिम शिक्षालय, सप्तरीले आफ्नो स्थापनाको २२ औं वार्षिक स्थापना दिवस वृक्षरोपण गरेर मनाइएको छ ।
चुरे संरक्षणका लागि वृक्षरोपण ,भूक्षय रोकथाम तथा सौन्दर्यकरण गर्ने उद्देश्य सशस्त्र प्रहरी बल नेपाल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय कञ्चनरूप बरमझिया सप्तरीले कञ्चनरूप नगरपालिकाको वडा नं. १२ स्थित धर्मेश्वर मन्दिर परिसरमा विभिन्न किसिमका करिब ३०० वृक्षरोपण गरेको छ ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझियाका सशस्त्र प्रहरी विभिन्न दर्जाका सशस्त्र प्रहरी , वडा नं. १२ जन प्रतिनिधिहरू सहभागी थिए ।