राजविराज । प्रचलित कानुन विपरीत मधेश प्रदेशमा आफ्नो परीयोजना संचालन गर्दे आएका अन्तरराट्रिय गैरसरकारी संस्थाहरुको पोल एक पछी अर्को गर्दै धमाधम खुल्न थालेको छ ।
WELTH HUNGER HILFE नामक एक अन्तरराष्ट्रिय गैर–सरकारी संस्थाले लुम्वीनी प्रदेश कपीलबस्तु जिल्लाको ३ वटा पालीकामा कृषी, पोषण, आय आर्जन, स्थानिय शासन समबन्धी कार्यक्रम संचालन गर्न समाज कल्याण परीषदबाट अनुमती लिएको परीषदको रेकर्डमा देखीन्छ । तर, उक्त संस्थाले मधेश प्रदेशका सप्तरी सिरहा र रौतहटका बिभिन्न पालिकामा कार्यक्रम संचालन गर्दे आएको अन्तरराष्ट्रिय गैर सरकारी संस्थाको छाता संगठन (AIN) को मधेश प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशको लागी संस्थाको सम्पर्क व्यक्ति दिपेन्द्र चौधरी संग संस्था सम्बन्धी थप सुचना लिन उल्लेखीत सम्पर्क नम्बरमा पटक पटक सम्पर्क गर्दा पनी उनी सम्पर्कमा आउन चाहेनन् । उक्त संस्थाले सप्तरीका ५, सिरहाको ४ र रौतहटको १ वटा स्थानिय तहमा साझेदारको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको छ । सिरहाको गोलबजार नगर पालिकामा WELTH HUNGER HILFE, CARE NEPAL / DAI GLOBEL UK र सप्तरीको सप्तकोशी नगरपालीकामा CARE NEPAL लगायतका अन्तरराष्ट्रिय गैससको कार्यक्रम संचालनमा रहेपनी दुवै नगरपालीकाले झुठो सुचना र विवरण उपलब्ध गराएका थिए । भने प्रदेशका १३६ मध्ये बिरगंज महानगरपालीका, जितपुर सिमरा, कलैया उप–महानगरपालकिा लगायत १२० वटा स्थानिय तहले अन्तरराट्रिय गैर–सरकारी संस्था सम्बन्धी सुचना दिन ईच्छा देखाएका छैनन् ।
अन्तरराष्ट्रिय विकास सहायता परीचालन निति २०७६ को दफा ४.३.३ अनुसार अन्तरराष्टिय गैससबाट प्रदेश अन्तर्गतका एक भन्दा बढी स्थानिय तहमा सन्चालित कार्यक्रमहरुको समन्वय र अनुगमन प्रदेश सरकारले गर्ने । त्यसैगरी दफा ४.४.२ मा अन्तरराष्टिय गैर सरकारी संस्थाहरुबाट स्थानिय तहमा सन्चालित कार्यक्रमहरुको समन्वय र अनुगमन सम्बन्धीत जिल्ला समन्वय समितिले गर्ने भनी उल्लेख भएपनी नियामक निकाय आफनै भुमिकाको सम्बन्धमा जानकार छ की छैन् त्यो पनी प्रस्ट छैन अभियन्ता महेन्द्र सदाको कथन छ । हिटाबाट