मुख्य समाचार
राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस | सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत | मधेशमा ठूलो उलटफेर : मधेशकेन्द्रित दलहरू संसदबाहिर, ऐतिहासिक ‘क्लीन स्वीप’ | कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान |

लेखापरीक्षक नियुक्त रद्द नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी

Kanchan24 277+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

कञ्चनरूप । हनुमाननगर कङ्कालिनी नगरपालिकाले लेखापरीक्षक नियुक्ति अनियमितता गरेको नेपाल अडिटर्स एसोसिएसन सप्तरीले ठहर गर्दै मनपर्दी रुपमा गरिएको लेखापरीक्षक नियुक्त रद्द नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । 
बिहीवार राजविराजमा पत्रकार  सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष विश्वनाथ देवले  यस्तो बताएका हुन ।
स्थानीय सरकार सञ्चालन ऐन मुताविक स्थानीयले लेखापरीक्षणका लागि पहिलो प्राथमिकता सप्तरीका लेखा परीक्षकहरुले पाउनु पर्ने हो तर नगरपालिकाले काखापाखा गर्दा आफूहरू साह्रै अन्यायमा परेको बताए । 
अध्यक्ष देवले व्यक्तिगत लाभ लिएर लेखापरीक्षक नियुक्त गर्ने शिक्षा अधिकृत साह माथि छानबिन गरी कारबाही गर्न पर्नेमा जोड दिए ।
अध्यक्ष देवले भने शिक्षा शाखा प्रमुख हरिनारायण साहले अवैध लाभ लिएर जिल्ला बहिराको लेखापरीक्षकलाई नियुक्ति दिने गरेको आरोप लगाउदै “शिक्षा शाखा प्रमुख साहले अवैध फाइदा लिएर बाहिरकाबाट लेखापरीक्षक नियुक्त गरी जिल्लावासीको हक खोस्न लागेको छ । विगत तीन वर्ष देखी यस बारे नग प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभए अध्यक्ष देवको भनाई हेको छ ।
नेपाल अडिटर्स एसोसिएसन मधेश प्रदेश उपाध्यक्ष सुदम्वर यादवले स्थानीय तहले लेखापरीक्षक नियुक्तिमा काखापाखा गरे सहय नहुने बताए । उनले सामुदायिक मावि स्तरका विद्यालय बाहिरकालाई दिने र निजी तथा प्राथमिक स्तरमा न्यून नियुक्त गरी कामै नदिएको भन्दै आक्रोश पोखेका थिए । 
स्थानीयलाई पहिलो प्राथमिकता दिनुपर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिकाले त्यसो नगरेकाले नियुक्त गरिएका लेखापरीक्षक सम्बन्धमा आवश्यक छानबिन गरी कडाभन्दा कडा कारबाहीको लागि सप्तरीका सम्पूर्ण सञ्चारकर्मी, सम्पूर्ण राजनीतिक दल, समाजसेवी एवम् बुद्धिजीवी लगायत सरोकारवालाहरूसँग उपाध्यक्ष यादवले अपिल गरेका छन ।
पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष विहारी यादव, सचिव जवहारलाल देव, कोषाध्यक्ष वैद्यनाथ देव, सदस्य ब्रहम नारायण देवलगायतका समेत उपस्थिति रहेको थियो । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार