कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १२ रूपनगरमा अवस्थित शिवालय मन्दिरको घण्टी चोरीको आरोपमा एक जना पक्राउ परेका छन ।
बिच बस्तीमा रहेको त्रिमार्ग शिवालय मन्दिरको घण्टी चोरी गरेको आरोपमा स्थानीय ३५ बर्षिया राज कुमार बोगटीलाई विहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
बोगटीले बुधबार राती प्रगतिटोल शिवालयबाट ३ वटा घण्टी , २ वटा कलश लगायत ५० हजार मूल्य बराबरको सरसमान सहित बोगटीलाई स्थानीयले कञ्चनरूप ७ आदर्श टोलबाट पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बिहीवार बिहान पूजारी मन्दिरमा पूजा गर्न जाँदा घण्टी नदेखे पछि स्थानीयलाई जानकारी गराएका थिए । पक्राउ परेका बोगटीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी चोरी बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।