मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |

धरानका मेयर हर्कको बिरोधमा पत्रकारको आन्दोलन जारी

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

धरान, जेठ २। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यत्ति अशोभनिय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पुर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन् । सोमवार उनीहरुले मेयर साम्पाङको बिरोध स्वरुप मौन जुलुस निकालेका थिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर बिरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिनुभयो । उहाँका अनुसार मेयर राईले आफनो अभिब्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ ।

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

धरानका मेयर साम्पाङको अशभोभनिय क्रियाकलाप र अभिब्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार