मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

मोरङ कारागारका कैदीबन्दी किन भए आन्दोलित ?

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर । जेलरले अनावश्यक द:ख दिने गरेको भन्दै मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका थिए । उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कमिसनखोर जेलर चाहिँदैन’, ‘उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनैपर्छ’, ‘मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर’, ‘कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन’, ‘उपचार गर्न जाँदा रकम माग्न पाईँदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे । 

उनीहरुले केहीदिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजिकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहित आधा दर्जन बढी निकायमा पत्र पठाएका थए । 

पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिद्दिकी ९अव्दुल खताव०, रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल, ओम प्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिर लगायतले बारम्बार कारागार प्रशासनलाई चिठ्ठी पठाउँदा समेत जेलर कोइरालाले कुनै हस्पिटल जान नदिएको भन्दै उनीहरूले आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए । यता मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफुलाई जानकारी नभएको बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार