मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ

Kanchan24 159+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

कञ्चनरूप  विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीको सप्तकोसी नगरपालिकाको एक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् ।

गत मङ्गलबार विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ वर्षीय शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयको कोठामा यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्राक्टिकल विषयमा राम्रो अङ्क दिने र सोही विषयमा केही कुरा गर्नेछु भन्दै शिक्षकले छात्रालाई कक्षाकोठामा यौन दुर्व्यवहार गर्न थालेपछी आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छिन् । 
कोठामा लगेर शिक्षकले छात्रालाई जिउमा सुम्सुम्याउने‚ अङ्गालो हाल्ने‚ कपाल तान्ने‚ जस्ता क्रियाकलाप गर्न लागेपछि छात्राले हल्ला गरेकी थिइन् । छात्राको हल्ला सुनेर पुगेका विद्यार्थी र अभिभावकले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए ।
पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षकविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन ।
पक्राउ परेका शिक्षकलाई बुधबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर यौन दुर्व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार