मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

भारततर्फ लैजाँदै गरेको १७ क्विन्टल भन्दा बढी गाँजा र टिपर सहित एक जना प्रहरी नियत्रणमा

Kanchan24 184+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

राजविराज । ट्रिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सप्तरी प्रहरीले टिपरमा लोड गरिएको १७ क्विन्टल १७ किलो गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको शहीदभूमी गाउँपालिका ३ बस्ने यमजित राई छन् । ३५ वर्षीय उनले को।१ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर भारततर्फ गइरहँदा राजगढ गाउँपालिका ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं। ४ बेल्हीचपेना स्थित शनि मन्दिर अगाडिबाट सोमबार राती प्रहरीले चेकजाँच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१।ख।६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरीक्षक खतिवडाको भनाई छ ।   

गाँजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षीय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।         

श्रोतका अनुसार नेपालको पहाडी भूभागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार