कञ्चनरूप । विगत ५ महिनाको तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक र कर्मचारीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आइतबार गरिएको ताला बन्दी मङ्गलबार खोलिएको छ ।
नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने र शिक्षक कर्मचारीको तलब भत्ता बितरण गर्ने निर्णय भए पछि नगरपालिका र विभिन्न वडाहरूमा लगाइएको ताला खुलाउने सहमति भएको छ ।
मङ्गलवार जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगर प्रमुख, जिल्लाका सुरक्षा निकायहरू र वडा अध्यक्षहरूको संयुक्त बैठकले तलब, भत्ता उपलब्ध नगराएको भन्दै शिक्षक तथा कर्मचारीहरूले नगरपालिकाको मुल गेटमा र विभिन्न वडाहरूमा लगाइएको ताला खोलिएको हो ।
बैठकमा सप्तरीका प्रजिअ दाहाल, पालिका प्रमुख माझी, सप्तरीका सहायक प्रजिअ जितेन्द्र कुमार यादव, जिपका सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा र सप्तरी सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सो निर्णय भएको बताइएको छ ।
पालिकामा गत असोज २९ गते लगाइएको तालाबन्दी सम्बन्धमा र वडा अध्यक्षहरू प्रति भएको व्यवहार सम्बन्धमा ताला लगाउने पक्षले सो ताला लगाइएको कार्यले नागरिकमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता सहित आजकै मितिबाट वडा कार्यालयको ताला खोली सेवा प्रवाह सुचारु गर्ने, बाढी प्रभावितको सन्दर्भमा भइरहेको राहत वितरणमा गलत मनसायले भएको, दोहोरिएको वा आफ्नो मानिसलाई वितरण भएको गुनासो सम्बोधनको लागि ध्ँए, सोही नगरपालिकाका सरोकारवाला पक्ष समेतको प्रतिनिधित्वमा छानविन तथा पुनः यकिन गरी वितरण गर्ने र नगर प्रमुख र वडा अध्यक्षको रोहबरमा ताला बन्दी खोली वडा कार्यालय र पालिकाको सेवा सुचारु गर्दै १० ९दश० दिन भित्र नगरसभा गरी राष्ट्रसेवक कर्मचारीको तलब भत्ता बितरण गर्ने सहमतिमा लगाएको तालाबन्दी खकालिएको उल्लेख छ ।
तलब, भत्ता माग गर्दै आन्दोलनरत नगरपालिका अन्तर्गत कार्यरत विद्यालय शिक्षक कर्मचारीहरूले दशैँ, तिहार र छठ पर्व जस्तो प्रमुख चाडपर्वमा समेत तलब भत्ता नदिँदा समस्या भएको भन्दै तलब नपाउँदा अहिले छाक टार्न नै समस्या भएको कारण तालाबन्दी गर्न बाध्य भएको आन्दोलनरत शिक्षक कर्मचारीहरूको भनाई थियो ।
तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नू परेको आन्दोलनरत शिक्षक कर्मचारीहरूले बताए थिए ।
धर्ना दिदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ । शिक्षकले आन्दोलन गरिरहँदा नगरपालिकाका प्रमुख बिरेन्द्र माझी पितृ शोकमा परेका छन् । मेयरलाई समस्या हुँदा उप मेयर र वडा अध्यक्ष भेट्न समेत नआएको उनीहरूको गुनासो गरेका थिए ।
हनुमाननगर कङ्कालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्ययनरत छन । शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि उनीहरूको पठन पाठन समेत ठप्प भएको थियो ।
उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । ती सबैले तलब माग्दै शिक्षकले गत ६ कात्तिकमा नगरपालिकाका प्रमुख सहितकालाई ज्ञापन बुझाएका थिए । ६ दिनको अल्टिमेटम दिएर ज्ञापन बुझाउँदा समेत ध्यान नदिएपछि ११ कात्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए ।
एको हो ।