मुख्य समाचार
सप्तरीका चारै क्षेत्रमा ‘हेभीवेट’ भिडन्त : फागुन २१ को चुनाव प्रतिष्ठाको निर्णायक परीक्षा | अदालतको कडा सन्देश : कञ्चनरुप विवादमा उपमेयर असफल | सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’ | पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल | मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा | पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन | समानुपातिक सूचीबाट नाम हटाइनु दलको लापरवाही कि उम्मेदवारको बेवास्ता ? | चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ? | आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश | सप्तरी–२ः चुनावभन्दा ठूलो बहस मतपत्रमा नाम होइन, मधेशको दिशा राखिँदैछ |

राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

Kanchan24 267+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

सप्तरी  सप्तरी जिल्लाको राजविराज नगरपालिका र बिष्णुपुर गाउँपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज (सोमबार) दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म कर्फ्यू जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेशअनुसार तोकिएको चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्यूको सीमा यसप्रकार छन् :

  • उत्तर – रुपनी मोड

  • पूर्व – बजरंगबली मन्दिर, कञ्चनपुर रोड हुँदै कोशी कर्नेल पम्प नहर

  • दक्षिण – कोशी ब्यारेजबाट छुटिएको बरी नहर

  • पश्चिम – कोशी ब्यारेजबाट छुटिएको बरी नहर हुँदै बरही नहर चौक (छिन्नमस्ता मन्दिर जाने बिष्णुपुर चौक) हुँदै राजबिराजको सिरहा रोड र छिन्नमस्ता मन्दिर रोड जोड्ने स्थान, त्यहाँबाट पश्चिम रहेको नाली हुँदै पुल्चौक जोड्ने सडक, अनि पूर्वतर्फ रुपनी मोडसम्म

सीडीओ पोखरेलले कर्फ्यू उल्लंघन गर्नेहरूमाथि कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार