कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित बदगामा चैत्र १३ बुधबार राती मोटरसाइकल दुर्घटनामा घाइते अर्का एक युवकको पनि मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी रुपनी गाउँपालिका. ४ बस्ने वर्ष ३४ को सन्तोष ईसर गम्भीर घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहबाट कंचनपुर तर्फ आउदै गरेको बागमती २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साईडमा पल्टिँदा दुर्घटनामा गम्भीर कञ्चनरूप नगरपालिका १२ रूपनगर बस्ने वर्ष २७ का बिक्रम बन्जाराको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने गम्भीर घाइते रहेका रुपनी गाउँपालिका। ४ सन्तोष ईसर आज मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाईते दुवैजनालाई तत्काल नोबेल अस्पताल विराटनगर पठाइएकोमा मोटरसाइकल चालक बन्जाराको सोही दिन मृत्यु भएको थियो भने ईसर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमीत गतिमा गाडी हाकौ र ट्राफिक नियमकाे पालना गरि सुरक्षित बनौ।
ट्राफिक नियमकाे पालना गरौ सुरक्षित बनौ।