मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ?

Anil Pokharel 37+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

मधेश प्रदेशको ऐतिहासिक नगर राजविराज केवल सप्तरीको सदरमुकाम मात्र होइन, नेपालकै पहिलो योजनाबद्ध शहरका रूपमा परिचित छ। भारतको जयपुर शहरको नगर योजनाबाट प्रेरित भएर विकास गरिएको राजविराजको इतिहास गौरवपूर्ण छ। चौडा सडक, व्यवस्थित बस्ती र योजनाबद्ध संरचनाले यस नगरलाई नेपालको आधुनिक शहरी विकासको प्रारम्भिक नमूनाका रूपमा स्थापित गरेको छ। तर विडम्बना, यही ऐतिहासिक शहरका हजारौँ नागरिक आज पनि आफ्नो बसोबास गरिरहेको जग्गामाथि कानुनी स्वामित्व प्राप्त गर्न संघर्षरत छन्।

राजविराज बजार क्षेत्रमा रहेका अधिकांश विटौरी जग्गामा वि।सं। १९९८ सालदेखि नै नागरिक बसोबास गर्दै आएको इतिहास छ। तत्कालीन राज्य व्यवस्थाले बजार विस्तार, प्रशासनिक गतिविधि र आर्थिक केन्द्रको विकासका लागि नागरिकलाई बसोबास तथा व्यापार सञ्चालन गर्न जग्गा उपलब्ध गराएको थियो। त्यसयता सात दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा पुस्ता फेरिए, घर फेरिए, व्यापार विस्तार भए, कर तिरियो, तर नागरिकले आजसम्म जग्गाधनी पुर्जा पाउन सकेका छैनन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार