मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

अनेरास्ववियुद्वारा चिसाङ घाटको सरसफाई (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२८ माघ २०८०, आइतबार

लेटाङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु लेटाङ नगर कमिटीले स्थानीय चिसाङ घाटको सरसफाई गरेको छ । लेटाङ क्षेत्रमा निधन भएका मानिसहरुको अन्तिम संस्कार गर्ने मुक्तिघाटको रुपमा रहेको चिसाङ खोलाको पूर्वतर्फको घाटमा अनेरास्ववियुले सरसफाई गरेको हो । मुक्तिघाटमा शब जलाएपछि दाउराहरु त्यतिकै छाडिंदा फोहोर भएको भन्दै जनगुनाशो आइरहेका बेला अनेरास्ववियुले सरसफाई गरेको हो । 

सरसफाई कार्यक्रममा अनेरास्ववियु लेटाङ नगर कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य राजेश ढकाल, मोरङ जिल्ला कमिटी उपाध्यक्ष रुपेश खड्का, सदस्य सन्तोष भण्डारी, लेटाङ क्याम्पसका स्ववियु सभापति छवि श्रेष्ठ लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । घाट व्यवस्थित नहुँदा खोलामै शव जलाउने गरिएकाले शव जलाएर बाँकी रहेका दाउराहरु त्यतिकै खोलामा छाडिदिंदा फोहोर देखिनुका साथै दाउराहरु समेत खेर जाने गरेको छ । 

यसैबीच सोही स्थानमा लेटाङ नगरपालिकाले निर्माण गरिरहेको शबदाहस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लेटाङ नगरपालिकाको लगानीमा निर्माण भइरहेको शबदाहस्थल १ महिना भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको लेटाङ नगर प्रमुखका स्वकियसचिव समेत रहनु भएका अनेरास्ववियु मोरङका उपाध्यक्ष रुपेश खड्काले जानकारी दिनुभयो ।

अनेरास्ववियुले विभिन्न रचनात्मक सामाजिक काम गर्ने क्रममा चिसाङ घाटको सरसफाई गरेको हो । अनेरास्ववियुले यसअघि लेटाङका विकट वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, पाठ्यपुस्त र खेलसामाग्री प्रदान गर्ने, विद्यालय मर्मत गर्ने जस्ता सामाजिक काम गरिसकेको छ । 

भिडियो हेर्न https://fb.watch/q8wn24lFXN/  मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार