मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

सप्तरी–१ मा २२ उम्मेदवार मैदानमा, प्रतिनिधिसभा निर्वाचन थप रोचक

Kanchan24 318+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

कञ्चनरूप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारको उल्लेखनीय उपस्थितिले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारहरूमध्ये ठूला राष्ट्रिय दल, क्षेत्रीय दल तथा नयाँ राजनीतिक शक्तिसमेत समावेश छन्। उम्मेदवारी दर्तासँगै सप्तरी–१ मा बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ।

म्मेदवारी दर्ता गराउने उम्मेदवारहरू यसप्रकार छन् :

  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्य जित कुमार झा

  • नेपाल जनता पार्टीबाट दिपेन्द्र प्रसाद यादव

  • नेपाली कम्युनिष्ट पार्टीबाट सागर कुमार चौधरी

  • स्वाभिमान पार्टीबाट सुमित कुमार

  • स्वतन्त्र उम्मेदवार संजय कुमार शर्मा

  • स्वतन्त्र उम्मेदवार लेखनाथ कुमार यादव

  • नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) बाट सुमन राज प्याकुरेल

  • नागरिक उन्मुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी

  • नेपाल जनता संरक्षण पार्टीबाट खेम राज जैशी

  • उज्यालो नेपाल पार्टीबाट हर्ख नारायण चौधरी

  • जनता समाजवादी पार्टी, नेपालबाट श्याम सुन्दर सरदार

  • स्वतन्त्र उम्मेदवार उम्दा देवी सदा

  • नेपाली काँग्रेसबाट रामदेव साह (तेली)

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा कुमारी चौधरी

  • स्वतन्त्र उम्मेदवार जगदेव सदा

  • नेपाली कम्युनिष्ट पार्टीबाट राविन्द्र चौधरी

  • आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट कौशल साह

  • राष्ट्रिय एकता दलबाट शम्भु प्रसाद देव

  • जनमत पार्टीबाट जय कान्त राउत

  • स्वतन्त्र उम्मेदवार रिजवाना खातुन

  • स्वतन्त्र उम्मेदवार मो. अमिन

  • स्वतन्त्र उम्मेदवार राम कुमारी खङ

धेरै उम्मेदवार मैदानमा उत्रिएकाले मत विभाजनको सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्। यस क्षेत्रको नतिजाले दलहरूको संगठनात्मक शक्ति, जातीय–सामाजिक आधार र स्वतन्त्र उम्मेदवारप्रतिको जनआकर्षण कति प्रभावकारी छ भन्ने स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार