मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |
मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |


सप्तरीका छ वटा पालिकाले असार १० मै नीति तथा कार्यक्रम प्रस्तुत

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

कञ्चनरूप । सप्तरीका १८ पालिका मध्ये छ पालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत  गरेका छन् ।  

असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  पालिकाहरूमा , कञ्चनरूप नगरपालिका , सप्तकोसी नगरपालिका , शम्भुनाथ नगरपालिका ,तिलाठी कोइलाडी गाउँपालिका , अग्नीसाईर कृष्णासवरन गाउँपालिका  र बलान बिहुल गाउँपालिका रहेका छन । 

उक्त पालिकाहरूले विभिन्न नीति अवलम्बन गर्दै आगामी आर्थिक वर्षको २०८१÷८२ को प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । 

कञ्चनरूप नगरपालिका

कञ्चनरूप नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२  १० औँ नगरसभामा आगामी आर्थिक वर्षको २०८१÷८२ को प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको  ६८ करोड ७९ लाख ९९ हजार ५ सय रहेको बजेट प्रस्तुत भएको छ ।

संघीय र प्रदेश राजश्व बाँडफाँड चालु, विशेष र अनुदान समेत समेटिएको छ । जसमा चालू तर्फ ४३ करोड ६६ लाख ९९ हजार ५ सय रुपैयाँ छ जुन कुल बजेटको ६३।४७ प्रतिशत र पूँजीगत तर्फ २५ करोड १३ लाख छ यो कुल बजेटको ३६।५२ प्रतिशत हो । चालू तर्फको बजेटलाई सत प्रतिशत मानी सञ्चालन तर्फ १५ करोड २ लाख जुन कुल चालू बजेटको ३४।३९ प्रतिशत रहेको छ भने विभिन्न सञ्चालन तर्फ २८ करोड ६४ लाख ९९ हजार ५ सय छ । यो कुल चालू बजेटको ६५।६० प्रतिशत हो ।

यस्तै पूँजीगत तर्फको कुल बजेट २५ करोड १३ लाख मध्ये संघीय र प्रदेश ससर्त , समपूरक र विशेषमा जम्मा ८ करोड ९३ हजार रुपैयाँ छ । जसको योजना संघ र प्रदेशबाटै प्राप्त हुने हुँदा स्थानीय तहबाट विनियोजन गरिरहनु नपर्ने उल्लेख छ ।

नगर उपप्रमुख मुना पोखरेलको अनुपस्थितिका कारण वडा ३ का जेष्ठका वडाध्यक्ष गुल्टेन चौधरीलाई सहयोग गर्दै ८ नम्बर वडाध्यक्ष कृष्ण कुमार साहद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समानीकरण र स्थानीय आयबाट प्राप्त जम्मा रकम १७ करोड २० लाख सत प्रतिशत मानेर बजेट विनियोजन भएको छ ।

समपूरक तर्फ २ करोड, वडा स्तरीय योजना तर्फ ७ करोड, कार्यालय सञ्चालनमा ७० लाख, नयाँ प्रशासनिक भवन तथा अस्पताल व्यवस्थापन तर्फ ५० लाख, नगर स्तरीय योजनामा ३ करोड ४६ लाख ६५ हजार ५८६ रुपैयाँ छ । यस्तै आर्थिक विकास समित तर्फ २८ लाख ९७ हजार ६१० रुपैयाँ छुट्टयाइएको छ ।

वन तथा वातावरण एवं विपद् व्यवस्थापन शाखा तर्फ ३५ लाख ३९ हजार ६३५, सामाजिक विकास तर्फ २ करोड २० लाख ९७ हजार १६९ रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ ६० लाख र न्यायिक समितिलाई ८ लाख छुट्टयाइएको प्रस्तुति भएको छ ।

सप्तकोसी नगरपालिका

सप्तकोसी  नगरपालिकाको १३ औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि विभिन्न प्राथमिकताका विषय सार्वजनिक गर्दै नगर सभाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ५१ लाख १९  हजार रकम विनियोजन   कगरेको छ ।  

पर्यटन सम्बन्धी नीति बनाएर ऐतिहासिक चन्द्रनहर दुई तर्फ निर्माण हुने बाटोलाई पर्यटकीय करिडोरका रुपमा निर्माणका लागि पहल गरि उक्त  क्षेत्रमा साइकिलिङ टुरिजम क्षेत्रको रुपमा विकास   गरी आन्तरिक तथा वहय पवर्यकटलाई भित्राउन जोड दिइने ,  विद्यालयहरूको पूर्वाधार निर्माण , नगरवासीमा स्वास्थ्य सेवाको पहुँच ,एक वडा एक कृषि उत्पादन   अभियान सञ्चालन गरिने तथा कृषि खाद्यान्न उत्पादनका लागि आवश्यक योजना बनाएर कृषिमा आत्म निर्भर बनाउन कृषि क्षेत्रमा अनुदानको ब्यवस्था मिलाउने, नगरवासीलाई साक्षर बनाउने योजना , नगरपालिकालाई स्वच्छता, सरसफाइ तथा हरित बनाउन वृक्षारोपण , वृद्ध, ज्येष्ठ नागररिक तथा बालबालिकाहरूको लागि नयाँ कार्यक्रम र नगर स्तरीय कृषि उत्पादनलाई थप मुनाफा मुखे बनाउन सित भण्डारको स्थापना गरि कृषि उत्पादनलाई उचित बजारीकरणको लागि आवश्यक पहल गर्ने नगरको  प्राथमिकतामा रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तिलाठी कोइलाडी गाउँपालिका

तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१÷०८२ को लागि ४४ करोड ८७ लाख ८६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुतिरहेको छ । 

सोमबार सम्पन्न दशौँ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी साहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन । गाउँपालिकाको कुल बजेटको चालुतर्फ २९ करोड ८४ लाख ८६ हजार र पूँजीगत तर्फ १५ करोड ३ लाख रुपैयाँ विनियोजन गरिएको  छ । 

कूल बजेटमा सङ्घबाट प्राप्त हुने वित्तिय समानीकरण तर्फ ११ करोड २६ लाख र सशर्त अनुदानतर्फ १८ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ५७ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुने बताइएको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण तर्फ ८० लाख ८६ हजार, राजस्व बाँडफाँडबाट ४० लाख, विशेष अनुदान तर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्राप्त प्रस्तुत बजेटमा उल्लेख छ ।

बालविवाहलाई निरुत्साहन गर्न      छोरा र छोरीको विवाहका लागि वडाबाट अनिवार्य रुपमा अनुमति लिने ब्यवस्था गर्ने, छोराछोरीको विवाह २० वर्ष पारी गर्न तथा बालविवाहलाई निरुत्साहन गर्न बालिकासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ । यसै गरी विद्यालयहरूको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूलाई प्रविधि मैत्री बनाइने, शिक्षकको पेसा गत दक्षता विकासका लागि विभिन्न तालिम, भ्रमण तथा अवलोकनका कार्यक्रमहरू राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी व्यवसायिक रुपमा पशुपालन व्यवसाय गर्ने कृषकलाई सहकारी संस्था मार्फत ५० प्रतिशत निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने, कृषिलाई आधुनिकीकरण गरी व्यवसायिक बनाउन कृषि मेसिनरी औजारको लागि आवश्यक बजेट विनियोजन गरिने नीति रहेको उपाध्यक्ष साहले बताइन ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १३ औं गाउँसभाले   ६० करोड २४ लाख ४७ हजार रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरको छ । 

गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा  जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा सोमबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले ६० करोड २४ लाख ४७ हजार रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

उपाध्यक्षद्वारा  बजेट नीति तथा कार्यक्रममा  पुँजीगत वित्तीय समानीकरण अन्तर्गत ४३ करोड ३० लाख ४७ हजार र पुँजीगत चालुतर्फ १६ करोड ४४ हजार विनियोजन गरिएको उल्लेख गरिन प्रस्तुत  नीति तथा कार्यक्रममा कृषि, शिक्षा र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, सम्वर्द्धन लाई प्राथमिकता दिएको बताइन ।

शम्भुनाथ नगरपालिका

शम्भुनाथ नगरपालिकाले आगामी आर्थिक वर्षको २०८१÷८२ को प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८१र०८२ को ७० करोड ५९ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाको कुल बजेटको ससर्त अनुदान चालुतर्फ ९संघ सरकार० २१ करोड ९२ लाख २९ हजार विनियोजन गरिएको छ । 

कूल बजेटमा सङ्घबाट प्राप्त हुने वित्तिय समीकरणतर्फ ११ करोड ४१ लाख, राजस्व बाँडफाँडबाट १० करोड ८३ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समीकरणतर्फ ८२ लाख ८७ हजार, राजस्व बाँडफाँडबाट ५० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्राप्त हुने प्रस्तुत बजेटमा उल्लेख छ ।

बलान बिहुल गाउँपालिका 

बलान बिहुल गाउँपालिकाको १० औँ गाउँ सभामा आगामी आर्थिक वर्षको २०८१÷८२ को प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ५३ करोड ७० लाखको अनुमानित बजेट पेस गरेको छ । सङ्घबाट विषेश अनुदान १० करोड, सशर्त अनुदान २ करोड १२ लाख, सम्पूरक तर्फ १ करोड ८५ लाख, राजश्व बाँडफाँड ७ करोड ४५ लाख, मधेश प्रदेश सरकारबाट समानीकरण ६३ लाख ३३ हजार, विशेष ३० लाख, सशर्त ८० लाख र आन्तरिक राजश्वबाट ६२ लाख प्राप्त हुने आगामी आर्थिक वर्षको लागि लक्ष्य राखेको छ ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास तर्फ प्रशासकीय भवन निर्माण, १५ शैया अस्पताल निर्माणलाई पूणर्ता, गाउँपालिकामा रूपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिने छ । त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन । भने एक वडा एक पार्क निर्माण नीतिलाई निरन्तरता दिइने साथै विकासीय कार्यको लागि निजी क्षेत्रसँग साझेदारी गर्ने नीति गाउँपालिकाले लिइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार