मुख्य समाचार
रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस | बडादसैं : हिन्दु शास्त्रीय दृष्टिले महिमा र महत्त्व | राजविराजमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी | सप्तरीमा जेनजी आन्दोलन तीव्र, दलका कार्यालयमा आगजनी र राजमार्ग पूर्ण अवरुद्ध |

जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो

Kanchan24 236+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

विराटनगर । भारतको जोगवनी बजारमा समुदायबीचको विवादले उत्पन्न तनावका कारण नेपाली नागरिकको आवागमनमा रोक लगाइएको छ।

पैगम्बर मोहम्मदका बारेमा गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर स्थानीय मुस्लिम र हिन्दु युवाबीच वाकयुद्ध र झडप भएपछि बिहानैदेखि बजार बन्द भएको हो। स्थिति उग्र बन्दै गएपछि साम्प्रदायिक दङ्गा भड्किन सक्ने भन्दै सीमा नाकाबाट नेपालीलाई प्रवेश गर्न नदिइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

दशैँलगायतका चाडपर्वमा नेपालीहरूको प्रमुख किनमेल गन्तव्य बनेको जोगवनी बजारमा अहिले प्रवेश ढाटै बन्द गरिएको छ। विराटनगरको रानी नाकामै सुरक्षाकर्मी खटाइएका छन् र जोगबनीतर्फ जाँदै गरेका नेपालीलाई त्यहीँ रोकिने व्यवस्था गरिएको छ।

सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीका अनुसार बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव अहिले झन् चर्किँदै गएको छ। भारतीय प्रशासनले स्थिति नियन्त्रणका लागि दुवै समुदायलाई संयमित रहन आग्रह गर्दै वार्ताको पहल थालेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार