मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च

Kanchan24 315+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले कर्मचारीलाई भ्रमणको औचित्य पुष्टि नगरी भ्रमण खर्च र अनुगमन मूल्याङ्कन शीर्षकमा नाममा २४ लाख १४ हजार २५ रुपैयाँ खर्च लेखेको देखिएको महालेखाको लेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ ।

भ्रमणमा गएकाहरुले प्रमाण पेश नगरी नगरी ३ लाद १ हजार ९ सय ५५ रुपैयाँ लगेको महालेखाको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।

भ्रमण खर्च नियमावली २०६४ मा कुनै कर्मचारीलाई भ्रमणमा खटाउँदा भ्रमणको उद्देश्य उल्लेख गर्नुपर्ने, भ्रमणबाट फर्के पश्चात उद्देश्य अनुरूप कार्यसम्पादन गरेको प्रमाणित हुने कागजात सहित भ्रमणको उपलब्धि समेत उल्लेख गरी भ्रमण प्रतिवेदन पेश गर्नुपर्ने र भ्रमण गर्ने कर्मचारीको अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने व्यवस्था छ भए पनि भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार र प्रमाण स्थापित हुने गरी आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने महालेखाको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ । 

पालिका कार्यालयले यो वर्ष भ्रमण खर्च र अनुगमन मूल्याङ्कन शीर्षकमा २४ लाख १४ हजार २५ रुपैयाँ खर्च लेखेको देखियो । लेखापरीक्षणको क्रममा सङ्कलन गरिएको विवरण अनुसार पालिकाका पदाधिकारी तथा कर्मचारीले सबैले दैनिक भ्रमण भत्ता प्राप्त गरेको देखियो । पालिकाका पदाधिकारी तथा कर्मचारीहरू नै  औचित्य नखुल्ने गरी भ्रमणमा जाने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

नमुना आधारमा छनौट गरी पेश भएका भ्रमण आदेश दर्ता नम्बर नरहेको तथा भ्रमण बिल स्वीकृत बेगर  ३ लाख १६ हजार ५५ रुपैयाँ भुक्तानी भएको देखिएकोले भ्रमण अभिलेख खातामा दर्ता गरी बिल स्वीकृत गराई भ्रमण प्रतिवेदन सहितको प्रमाण पेश हुनुपर्ने महालेखाको लेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार