मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

समला राइनोजद्वारा शैक्षिक सामग्री वितरण

Kanchan24 1+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

लेटाङ । भर्खरै सम्पन्न लेटाङ टीट्वान्टी क्रिकेट प्रतियोगिता २०८० को विजेता समला राइनोजले शुक्रबार वडा नं ७ समलास्थित श्री ज्ञानज्योति प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोगी हुने शैक्षिक सामग्रीहरू वितरण गरेको छ । बाल कक्षाका लागि जाडोमा न्यानो राख्न फर्म, सरसफाई व्यवस्थापनका लागि डस्टविनहरू, बाल कथा र चित्रकथा पुस्तकहरू, विभिन्न सूचनात्मक चार्ट तथा नक्साहरू र स्टेसनरी सामग्रीहरू प्रदान गरिएको विजेता समला राइनोजका खेलाडी सुर्य विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवसरमा क्रिकेट प्रतियोगिताको विजेता ट्रफी समेत विद्यालयलाई हस्तान्तरण गरिएको समला राइनोजका ओनर तथा सोही विद्यालयका शिक्षक राजु गौतमले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्राकुमारी राईले विजेता टिमका विजयी खेलाडीहरूले विद्यालय र विद्यार्थीका लागि रचनात्मक सहयोग उपलब्ध गराएको तथा समला क्षेत्रको पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याएको भन्दै धन्यवाद दिनुभयो । 

नेपाल १० वर्ष पछि टीट्वान्टी क्रिकेट विश्वकपमा छनोट भएको अवसर पारेर  लेटाङको क्रिकेट विकासमा सहयोग पुर्याउन तथा लेटाङ क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गत मंसिर २ र ३ गते लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा प्रतियोगिता सम्पन्न भएको थियो । लेटाङको पर्यटन विकासमा सहयोग पुगोस् भनेर सहभागी टीमहरुलाई समला, किशे, राजारानी तथा चिसाङ नामाकरण गरी प्रतियोगिता आयोजना गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार