मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

Kanchan24 318+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

कञ्चनरूप । सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा शुक्रबार महंगु लेखी वृद्धाश्रमद्वारा आयोजित कार्यक्रममा यस kanchan24.com अनलाइन पत्रिकाका सम्पादक अनिल पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका सभामुख राम असिस यादवले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान गर्दै सम्पादक पोखरेललाई समेत सम्मान गरेका हुन्।

कार्यक्रममा जेष्ठ नागरिक, सम्पादक पोखरेलसहित प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, भोला पासवान, राजकुमार पासवान, बृजमान तामाङलगायत सम्पादक तथा पत्रकारहरू सम्मानित भएका छन्।

यसैगरी जेष्ठ नागरिक तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्वहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा उपेन्द्र कुमार झा, मुरारी काकी, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ र रामदेव चौधरी रहेका छन्।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज तातेड, दिवाकर देवकोटा तथा रविन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता पूर्व सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी ले गरेका थिए। कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरे, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार