मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

शिक्षक सरुवाले पठनपाठन सङ्कटमा, अभिभावक र विद्यार्थीको चेतावनी

Kanchan24 336+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ मा गरिएको शिक्षक सरुवाले विद्यार्थी र अभिभावकको आक्रोश उर्लिएको छ। सरुवा तत्काल फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी अभिभावक, विद्यार्थी र स्थानीय समाजसेवीहरूले दिएका छन्।
नरबहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनरामा सहितका विद्यालयमा कार्यरत दक्ष र अनुभवी शिक्षकहरूलाई मनपरी शैलीमा सारिएपछि पठनपाठन ठप्प भएको भन्दै आइतबार वडाध्यक्ष जयश्वर किशोर दास, बुद्धिजीवी, समाजसेवी र पूर्व वि।व्य।स। अध्यक्षहरूको उपस्थितिमा गरिएको छलफलले शिक्षक सरुवा फिर्ता गर्न माग गरेको हो।
छलफलले आधारभूत विद्यालयका शिक्षक नारायण यादव, रा.प्रा.वि।का शिक्षक दिलीप यादव र प्रा.वि. राहत शिक्षिका कामोर कुमारी यादवलाई तत्काल फिर्ता गर्नुपर्ने निष्कर्षसहितको पत्र गाउँपालिका अध्यक्षलाई बुझाएको छ।
“विद्यार्थीको भविष्यसँग खेलवाड गरियो भने हामी चुप लाग्दैनौँ, सडकमा उत्रेर सशक्त आन्दोलन गर्छौँ,” पूर्व वि।व्य।स। अध्यक्ष देवनारायण यादवले चेतावनी दिए।
यस्तै, राहत शिक्षकका रूपमा ११ वर्षदेखि गणित पढाउँदै आएका शम्भु यादवको सरुवा विरुद्ध कक्षा ८, ९ र १० का विद्यार्थीहरूले आइतबारदेखि नै कक्षाब बहिष्कार गरेका छन्। विद्यार्थीहरूले नारा लगाउँदै घोषणा गरेका छन्–
“हाम्रो शिक्षक फिर्ता गर, नत्र विद्यालय बन्द गर !”
स्थानीय अभिभावक महेन्द्र यादवले भने, “पढाइलाई बन्धक बनाउन दिँदैनौँ। शिक्षा हाम्रो हक हो, त्यो हक खोस्न खोजियो भने आन्दोलन अझै उग्र बनाउँछौँ।”

शिक्षक सरुवाको नाममा भएको मनपरी निर्णय तुरुन्त सच्याइएन भने महादेवा गाउँपालिका आन्दोलनको थलो बन्ने सङ्केत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार