मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

वैशाख १ देखि असार ७ सम्म आर्थिक गणना, सहयोग गर्न अपिल

Kanchan24 318+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

राजविराज । सप्तरी जिल्लामा सञ्चालनमा रहेका उद्योग, व्यापार, सेवा, होटल, पसल, निजी प्रतिष्ठानदेखि अनौपचारिक व्यवसायसम्मको वास्तविक आर्थिक अवस्था अभिलेखीकरण गर्न राष्ट्रिय आर्थिक गणना २०८२ को तयारी तीव्र बनाइएको छ। जिल्ला आर्थिक गणना कार्यालय सप्तरी ले आगामी २०८३ साल वैशाख १ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणनालाई सफल बनाउन जिल्लाभरिका सबै व्यवसायिक प्रतिष्ठानलाई सही र यथार्थ आर्थिक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

कार्यालयका अनुसार यो गणना केवल कागजी प्रक्रिया नभई सप्तरीको आर्थिक नक्सा तयार गर्ने राष्ट्रिय अभियान हो। जिल्लाभर रहेका साना–ठूला उद्योग, पसल, व्यापारिक संस्था, सेवा क्षेत्र, कृषि–आधारित उद्यम, होटल–रेष्टुरेन्ट, निर्माण व्यवसाय, निजी कार्यालय तथा अनौपचारिक क्षेत्रमा सञ्चालित आर्थिक गतिविधि सबै यस गणनाको दायरामा पर्नेछन्।

आर्थिक गणनाबाट कति व्यवसाय सञ्चालनमा छन्, कति लगानी भइरहेको छ, कति जनशक्ति रोजगारीमा छ, कुन क्षेत्र विस्तार हुँदैछ र कुन क्षेत्र कमजोर छ भन्ने यथार्थ चित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसै आधारमा सरकार, प्रदेश र स्थानीय तहले विकास योजना, बजेट विनियोजन, लगानी नीति, रोजगारी कार्यक्रम र निजी क्षेत्र प्रवर्द्धनका रणनीति तय गर्न सहज हुने बताइएको छ।

जिल्ला आर्थिक गणना कार्यालय सप्तरीका अनुसार संकलित तथ्याङ्कले सप्तरीको वास्तविक आर्थिक हैसियत उजागर गर्नुका साथै आगामी वर्षहरूमा स्थानीय आर्थिक योजना निर्माणको आधारस्तम्भ बन्नेछ। पछिल्ला वर्षहरूमा जिल्लामा साना उद्योग, किराना व्यापार, सेवा व्यवसाय, कृषि–उद्यम, निर्माण सामग्री पसल, वित्तीय सेवा र अनौपचारिक उद्यम बढ्दै गएकाले यसपटकको गणनालाई विशेष चासोका साथ हेरिएको छ।

कार्यालयले गणनाका क्रममा खटिने गणक तथा सुपरिवेक्षकलाई आवश्यक विवरण दिन, गलत सूचना नदिन र सहयोगी वातावरण बनाउन सबै व्यवसायी, उद्योगी तथा प्रतिष्ठान सञ्चालकलाई आग्रह गरेको छ। कार्यालयले व्यवसायको नाम, प्रकृति, लगानी, कर्मचारी संख्या, सञ्चालन अवस्था, आम्दानी–सम्बन्धी आधारभूत विवरण जस्ता सूचनाहरू संकलन गरिने जनाएको छ।

स्थानीय जानकारहरूका अनुसार, “आर्थिक गणना बलियो भयो भने मात्रै विकास योजना यथार्थमा आधारित हुन्छ”। उनीहरूका अनुसार तथ्याङ्कबिनाको योजना कागजमै सीमित हुने भएकाले यस्तो अभियानमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ।

“अर्थतन्त्र मापनका लागि आर्थिक गणना, राष्ट्रिय आर्थिक गणना २०८२ सफल पारौं” भन्ने नारासहित सुरु हुन लागेको यो अभियानले सप्तरीको आर्थिक सम्भावना, चुनौती र विकासको दिशा स्पष्ट पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार