मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |
मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |


विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, स्वयम्भु र बौद्ध परिसर सरसफाइ

Kanchan24 307+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

अम्विका दहाल काठमाडौं । विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, स्वयम्भु र बौद्ध परिसर सरसफाइ गरिएको छ 

युनिभर्सल पिस सेन्चुरी मार्फत विभिन्न संघ संस्थाको सहकार्यमा शनिवार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू आइतबार पशुपतिनाथ र सोमबार बौद्ध परिसर सरसफाइ गरिएको  अभियानका समन्वयकर्ता नवीन महर्जनले बताए।

सरसफाइ कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं पूर्व राजदूत लीलामणि पौडेल, युनिभर्सल पिस सेन्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछे, पशुपति विकास कोष सदस्य सचिव राजु केसी युनिभर्सल पिस सेन्चुरीका सफाइ कार्यक्रमका संयोजक छोईङ देचेन, बागमती अभियान किशोर शाही , श्याल्पो गुम्बाका भिक्षुहरू , अमेरिकन एम्बेसीका प्रतिनिधित्व ब्यक्तिहरू, थुप्रै यवा अभियन्ताहरु र निस्वार्थ रुपमा सरसफाईको यस नयाँ मोडल जान्न विभिन्न स्थानहरूबाट सहभागी भएका थिए । 

कार्यक्रममा संरक्षक तथा श्याल्पा रिन्पोछेले पवित्र मातृभूमिको देश, पवित्र तपोभूमि पशुपति लगायत नेपाल प्रकृतिले उपहार दिएको सुन्दर ठाउँ छ । त्यस ठाउँलाई सुन्दर र सफा बनाउनु हामी सबैको कर्तव्य र दायित्व भएको  बताए ।

पशुपति विकास कोषका सदस्य सचिव राजु केसीले सफाइ अभियान निरन्तर हुनु पर्ने बताए  । सफाइ अभियान रबर जस्तो तन्कन पर्ने राय उनको थियो ।

सरसफाइ गर्दा संकलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ भने कुहिने फोहोर मात्र ल्यान्डफिल साइट पठाइएको छ। 

३ दिन सम्म चलेको सरसफाइ कार्यक्रममा प्लाष्टिक शिशा, कपडा लगायतका फोहोरीहरू जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिक लगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो । सरसफाइ कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहरहरू जम्मा गरिएको छ । जथाभावी फालिएका बोतल, प्लाष्टिक लगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो ।

विश्व पृथ्बी दिवस २०२४ यसपालिको नारा पृथ्वी र प्लास्टिक राखिएको छ । नेपालमा प्लास्टिकका अधिकतम प्रयोगले वातावरण प्रदुषण हुँदै गइरहेको छ ।

सरसफाइ कार्यक्रम अन्तर्गत आजको कार्यक्रम बौद्ध माहाङकाल बाट सुरु भै रामहिटी, बौद्ध फूलबारी , बौद्ध स्तुपा हुँदै पुन माहाङकालमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रम लाई समापन गर्दै श्याल्पा तेन्जिङ रिन्पोछेले आगामी दिनमा नि यस्ता कार्यहरू निरन्तरता गर्नी भन्दै कार्यक्रममा सहयोग गर्नी सबैलाइ धन्यवाद दिएका थिए ।

नयाँ मोडलबाट फोहोर छुटाएर सदुपयोग गर्ने हो भने फोहोर लाई मोहोर बनाउन सकिने वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताईएको छ । 

 कार्यक्रमले फोहोर होइन मोहोरको पहिचान गरी त्यसको उचित व्यवस्थापन गरौँ भन्ने सन्देश दिएको छ ।

६ प्रकारले फोहोरको वर्गीकरण गरिएकोमा ५ प्रकारको फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने समेत बताईएको थियो । विश्व पृथ्वी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।

नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार