मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

सप्तरीको बरमझिया स्थित सशस्त्र प्रहरीले २२ औं स्थापना दिवस मनायो

Kanchan24 315+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

कञ्चनरूप । सप्तरीको कञ्चनरुप –२ बरमझिया स्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ ।  
सशस्त्र प्रहरी बलले एक समारोहका बिच सशस्त्र प्रहरीका विभिन्न ओहदाका ब्यक्तिहरू कञ्चनरूप र हनुमाननगर नगर प्रमुख सहितको उपस्थितमा केक काटेर २२ औं स्थापना दिवस मनाएको हो । 
स्थापना दिवसको अवसरमा मन्दिर सरसफाइ, रक्तदान, विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरी खेलकुदमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार, शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू र शिक्षालयलाई सहयोग गर्ने महानुभावहरूलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सशस्त्र प्रहरी बल, नेपालले राज्यबाट सुम्पिएको जिम्मेवारी अब्बल ढङ्गले कार्य सम्पादन गरिरहेको र सीमित साधन श्रोतका बाबजुद विशेष गरी विपद् व्यवस्थापनको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरी प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले शिक्षालयको आदर्श वाक्य ‘ज्ञान साहस सहिष्णुता’को मूल मन्त्रलाई आत्मसात गरी उच्च मनोबलका साथ अनुशासित भई कार्य सम्पादन गर्न र सङ्गठनमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई समान रुपमा अवसर प्रदान गरिने भन्दै धैर्य गरेर मनोबल उच्च राखी काम गर्न समेत निर्देशन दिए ।
उक्त कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले तर्जुमा गरेका विभिन्न किसिमका आधारभूत, उन्नत लगायतका पेशागत तालिमहरू सञ्चालन गरी सशस्त्र प्रहरी कर्मचारीहरूलाई सक्षम, सबल र व्यवसायिक बनाइ दीक्षित गरी कार्य क्षेत्रमा शान्ति सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन र सीमा सुरक्षा जस्ता चुनौतीपूर्ण कार्यहरूमा परिचालित भई व्यवसायिक, कर्तव्यपरायण, इमानदार र निष्ठावान् भएर कार्य सम्पादन गरी आगामी दिनमा पनि उपलब्ध श्रोत साधन एवं जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
विशेष अतिथिको रुपमा कञ्चनरूप र हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखहरू लगायतको विशेष उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार