मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

सप्तरीको बरमझिया स्थित सशस्त्र प्रहरीले २२ औं स्थापना दिवस मनायो

Kanchan24 184+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

कञ्चनरूप । सप्तरीको कञ्चनरुप –२ बरमझिया स्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ ।  
सशस्त्र प्रहरी बलले एक समारोहका बिच सशस्त्र प्रहरीका विभिन्न ओहदाका ब्यक्तिहरू कञ्चनरूप र हनुमाननगर नगर प्रमुख सहितको उपस्थितमा केक काटेर २२ औं स्थापना दिवस मनाएको हो । 
स्थापना दिवसको अवसरमा मन्दिर सरसफाइ, रक्तदान, विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरी खेलकुदमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार, शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू र शिक्षालयलाई सहयोग गर्ने महानुभावहरूलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सशस्त्र प्रहरी बल, नेपालले राज्यबाट सुम्पिएको जिम्मेवारी अब्बल ढङ्गले कार्य सम्पादन गरिरहेको र सीमित साधन श्रोतका बाबजुद विशेष गरी विपद् व्यवस्थापनको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरी प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले शिक्षालयको आदर्श वाक्य ‘ज्ञान साहस सहिष्णुता’को मूल मन्त्रलाई आत्मसात गरी उच्च मनोबलका साथ अनुशासित भई कार्य सम्पादन गर्न र सङ्गठनमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई समान रुपमा अवसर प्रदान गरिने भन्दै धैर्य गरेर मनोबल उच्च राखी काम गर्न समेत निर्देशन दिए ।
उक्त कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले तर्जुमा गरेका विभिन्न किसिमका आधारभूत, उन्नत लगायतका पेशागत तालिमहरू सञ्चालन गरी सशस्त्र प्रहरी कर्मचारीहरूलाई सक्षम, सबल र व्यवसायिक बनाइ दीक्षित गरी कार्य क्षेत्रमा शान्ति सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन र सीमा सुरक्षा जस्ता चुनौतीपूर्ण कार्यहरूमा परिचालित भई व्यवसायिक, कर्तव्यपरायण, इमानदार र निष्ठावान् भएर कार्य सम्पादन गरी आगामी दिनमा पनि उपलब्ध श्रोत साधन एवं जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
विशेष अतिथिको रुपमा कञ्चनरूप र हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखहरू लगायतको विशेष उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार