मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |
मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |


सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो

Anil Pokharel 36+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

कञ्चनरूप । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन २०८०\८१को अनुसार सप्तरीका १८ वटै पालिकाहरूमा ५ अर्ब ९८ करोड २७ लाख ३१ हजार बेरुजु देखिएको छ । 

पालिकाहरूले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भएपनि कुनैपनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्ने तर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।

सप्तरीका पालिकाहरूले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनले देखाईको छ ।



सप्तरीका पालिकाहरू  हाल सम्मको अद्यावधिक बेरुजु

हनुमाननगर कंकालिनी नगरपालिकाको  २३ करोड ३४ लाख ६२ हजार 

सुरूङ्गा नगरपालिकाको    १६ करोड १ लाख ३९ हजार 

सप्तकोशी नगरपालिकाको    २३ करोड ६२ लाख ७४ हजार 

शम्भुनाथ नगरपालिकाको  १६ करोड १ लाख ३९ हजार 

राजविराज नगरपालिकाको  ८४ करोड २५ लाख १२ हजार 

खड्क नगरपालिकाको  २७ करोड ९० लाख ४० हजार  

वोदेबसाईन नगरपालिकाको  ३० करोड ३२ लाख ६० हजार 

कञ्चनरूप नगरपालिकाकोे  ६३ करोड ८२ लाख ६८ हजार 

डाक्नेश्वरी नगरपालिकाका  ३८ करोड ९६ लाख २६ हजार  

विष्णुपुर गाउँपालिकाको  ३७ करोड ४४ लाख ६१ हजार 

रुपनी गाउँपालिकाको  २० करोड ९१ लाख ३२ हजार  

राजगढ गाउँपालिकाकोे  ३७ करोड ४९ लाख ७१ हजार 

महादेवा गाउँपालिकाको  ३७ करोड ४९ लाख ७१ हजार  

बलान विहुल गाउँपालिकाको  ४२ करोड २३ लाख ९१ हजार 

तिलाठी कोईलाडी गाउँपालिकाको  ४२ करोड ८३ लाख १९ हजार 

तिरहुत गाउँपालिकाकोे    ३२ करोड ६२ लाख ३७ हजार 

 छिन्नमस्ता गाउँपालिकाकोे  ३५ करोड ६६ लाख ४० हजार 

अग्नीसाई कृष्णसवरन गाउँपालिकाको  २८ करोड ४१ लाख ६३ हजार 

                                    जम्मा ५ अर्ब ९८ करोड २७ लाख ३१ हजार


पालिकाहरूको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनले औँल्याएको छ । धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।


सप्तरीका १८ वटै पालिकाहरूमा सबै भन्दा बेरुजुको अग्रस्थामा राजविराज नगरपालिका रहेको छ भने दोश्रो स्थानमा कञ्चनरूप नगरपालिका रहेको छ  ।  

राजविराज नगरपालिकाको २ अर्ब ३४ करोड ९३ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा ४ करोड ७६ लाख ७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ३७ लाख ३७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ४५ लाख १७ हजार, नियमित गर्नुपर्ने १ करोड ९५ लाख २८ हजार र पेस्की बाँकी ९८ लाख २५ हजार समेत यस वर्ष ४ करोड ७६ लाख ७ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म ७९ करोड ४९ लाख ५ हजार बेरुजू बाँकी रहेकोमा यो वर्ष समायोजन र सम्परीक्षणबाट फस्यौंट एवं कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजू ८४ करोड २५ लाख १२ हजार रहेको छ ।

 यसैगरी कञ्चनरूप नगरपालिकाको १ अर्ब ९० करोड ८१ लाख ६४ हजार लेखापरीक्षण गरिएकोमा ३ करोड ८८ लाख ८६ हजार बेरूजू देखिएको छ । सो सम्बन्धमा ७ लाख ७ हजारको प्रतिक्रियाबाट फस्र्योट भई बाँकी बेरूजूमा असुल गर्नुपर्ने २३ लाख ९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड २५ लाख ३७ हजार, नियमित गर्नुपर्ने १ करोड ६ लाख ५७ हजार र पेस्की बाँकी २६ लाख ७६ हजार समेत यस वर्ष ३ करोड ८१ लाख ७९ हाजर बेरूजू कायम रहेको छ । गत वर्षसम्म ६० करोड ११ लाख ६४ हजार बेरूजू बाँकी रहेकोमा यस वर्ष समायोजन र फस्र्योट एवं यस वर्ष कायम बेरूजू समेत हालसम्मको अद्यावधिक बेरूजू ६३ करोड ८२ लाख ६८ हजार रहेको छ । 

यसै गरी  सुरूङ्गा नगरपालिकाको १ अर्ब ७३ करोड २ लाख १६ हजारको लेखापरीक्षण गरिएकोमा ८० लाख ८ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा नगरपालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकोले बाँकी बेरुजुमा असुल गर्नुपर्ने .२ लाख ९९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ७७ लाख ९ हजार समेत यष वर्ष .८० लाख ८ हजार बेरुजु कायम रहेको छ। पालिकाको गत वर्षसम्म १५ करोड ५३ लाख ५ हजार बेरुजू बाँकी रहेकोमा यस बर्ष ३१ लाख ७४ हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजू १६ करोड १ लाख ३९ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

यसै गरी  शम्भुनाथ नगरपालिकाको १ अर्ब ७३ करोड २ लाख १६ हजारको लेखापरीक्षण गरिएकोमा रू.८० लाख ८ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा नगरपालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकोले बाँकी बेरुजुमा असुल गर्नुपर्ने २ लाख ९९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ७७ लाख ९ हजार समेत यष वर्ष ८० लाख ८ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म  १५ करोड ५३ लाख ५ हजार बेरुजू बाँकी रहेकोमा यस बर्ष ३१ लाख ७४ हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजू १६ करोड १ लाख ३९ हजार रहेको महालेखाको प्रतिवेदनले जनएको छ । 

यसै गरी खड्क नगरपालिकाको १ अर्ब ७१ करोड २४ लाख ५० हजार लेखापरीक्षण गरिएकोमा ३ करोड १७ लाख ८८ हजार बेरूजू देखिएको छ । सो सम्बन्धमा २१ लाख ४० हजारको प्रतिक्रियाबाट फस्र्योट भई बाँकी बेरूजूमा असुल गर्नुपर्ने ५३ लाख ५६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ९२ लाख १७ हजार, नियमित गर्नुपर्ने ४६ लाख ४६ हजार र पेश्की बाँकी ४ लाख २९ हजार समेत यस वर्ष २ करोड ९६ लाख ४८ हजार बेरूजू कायम रहेको छ । गत वर्षसम्म २८ करोड २० लाख ३० हजार बेरूजू बाँकी रहेकोमा यस वर्ष समायोजन र फस्यौंट एवं यस वर्ष कायम बेरूजू समेत हालसम्मको अद्यावधिक बेरूजू २७ करोड ९० लाख ४० हजार रहेको छ । 

यसै गरी वोदेबसाईन नगरपालिकाको १ अर्ब ५० करोड ८६ लाख ७९ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ७६ लाख २४ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा नगरपालिकाबाट प्राप्त प्रतिक्रिया अनुसार १ करोड ८ लाख २१ हजार को फछ्र्यौट भई बाँकी बेरुजुमा असुल गर्नुपर्ने १ लाख ७४ हजार , प्रमाण कागजात पेश गर्नुपर्ने ४५ लाख ९३ हजार, नियमित गर्नुपर्ने ४२ लाख ८५ हजार र पेश्की बाकी ७७ लाख ५२ हजार समेत यष वर्ष १ करोड ६८ लाख ४ हजार बेरुजु कायम रहेको छ। पालिकाको गत वर्षसम्म २९ करोड ३९ लाख २१ हजार बेरुजू बाँकी रहेको र यस वर्ष ८५ लाख १० हजार को सम्परीक्षणबाट फछ्यौट तथा १० लाख ४५ हजार सम्परीक्षणबाट थप बेरुजु कायम भई हालसम्मको अद्यावधिक बेरुजू ३० करोड ३२ लाख ६० हजार रहेको छ । 

यसै गरि डाक्नेश्वरी नगरपालिकाको १ अर्ब ४२ करोड १९ लाख ८० हजारको लेखापरीक्षण गरिएकोमा  १ करोड १३ लाख ७३ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा पालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकोमा बाँकी बेरुजु असुल गर्नुपर्ने ६ लाख ९८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४ हजार, नियमित गर्नुपर्ने ९७ लाख ७५ हजार र पेस्की बाँकी ८ लाख ९६ हजार समेत यष वर्ष रू.१ करोड १३ लाख ७३ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म रु.३९ करोड ६४ लाख ९३ हजार बेरुजु बाँकी रहेकोमा यस बर्ष १ करोड ८२ लाख ४० हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु ३८ करोड ९६ लाख २६ हजार रहेको छ । 

हनुमाननगर कंकालिनी नगरपालिकाको ९४ करोड ४५ लाख ९५हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ८६ लाख १७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा नगरपालिकाबाट प्राप्त प्रतिक्रिया अनुसार ६३ लाख ७७ हजारको फछ्र्योटभई बाँकी बेरुजु असुल गर्नुपर्ने १ करोड ६२ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.३३ लाख १८ हजार, नियमित गर्नुपर्ने २० लाख ७९ हजार र पेश्की बाकी १ करोड ५ लाख ४९ हजार समेत यष वर्ष ३ करोड २२ लाख ४० हजार बेरुजु कायम रहेको छ । नगरपालिकाको गत वर्षसम्म २० करोड २२ लाख ५२ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष रु.१० लाख ३० हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु २३ करोड ३४ लाख ६२ हजार रहेको महालेखाको प्रतिवेदनले जनाएको छ ।

यता सप्तकोशी नगरपालिकाको ७६ करोड ४१ लाख ४२ हजार लेखापरीक्षण गरिएकोमा ६७ लाख ४४ हजार बेरूजू देखिएको छ । सो सम्बन्धमा २ लाख ७ हजारको प्रतिक्रियाबाट फस्र्योट भई बाँकी बेरूजूमा असुल गर्नुपर्ने ६ लाख २० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४४ लाख २९ हजार र नियमित गर्नुपर्ने १४ लाख ८८ हजार समेत यस वर्ष ६५ लाख ३७ हाजर बेरूजू कायम रहेको छ । गत वर्षसम्म २३ करोड ४ लाख ८७ हजार बेरूजू बाँकी रहेकोमा यस वर्ष समायोजन र फस्र्योट एवं यस वर्ष कायम बेरूजू समेत हालसम्मको अद्यावधिक बेरूजू २३ करोड ६२ लाख ७४ हजार रहेको छ । 

यसै गरी विष्णुपुर गाउँपालिकाको ८१ करोड १३ लाख ७१ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ३४ लाख ५४ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा गाउँपालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकोले बाँकी बेरुजु असुल गर्नुपर्ने ३४ लाख ८१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ७३ लाख १५ हजार, नियमित गर्नुपर्ने १३ लाख १८ हजार र पेस्की बाँकी रु. १३ लाख ४० हजार समेत यष वर्ष रू.१ करोड ३४ लाख ५४ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म ३६ करोड २७ लाख ७८ हजार बेरुजु बाँकी रहेकोमा यस बर्ष सम्परीक्षणबाट .१ करोड ४४ हजार ५१ हजार फछ्यौट १ करोड २६ लाख ८० हजार थप बेरुजु कायम भई हालसम्मको अद्यावधिक बेरुजु ३७ करोड ४४ लाख ६१ हजार रहेको छ । 

यता रुपनी गाउँपालिकाको ९६ करोड ६ लाख १५ हजारको लेखापरीक्षण गरिएकोमा .५ करोड ३० लाख ५० हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा १ करोड ६८ लाख ४१ हजारको प्रतिक्रियाबाट फस्यौंट भई बाँकी बेरुजु असुल गर्नुपर्ने ५ लाख ६७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २१ लाख ६५ हजार, नियमित गर्नुपर्ने १ करोड १४ लाख ७७ हजार र पेस्की बाँकी .२० लाख समेत यस वर्ष .३ करोड ६२ लाख ९ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म १८ करोड ४५ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू २० करोड ९१ लाख ३२ हजार रहेको छ । 

यसैगरी राजगढ गाउँपालिकाको ९७ करोड ७५ लाख ८० हजारको लेखापरीक्षण गरिएकोमा रू.१ करोड ७९ लाख ५८ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा १ करोड ८ लाख ६२ हजारको प्रतिक्रियाबाट फस्र्योटभई बाँकी बेरुजुमा असुल गर्नुपर्ने १ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५७ लाख १३ हजार, नियमित गर्नुपर्ने १२ लाख ५५ हजार समेत गरी बाँकी बेरुजु ७० लाख ९६ हजाररहेको छ । गत वर्षसम्म ४१ करोड ९२ लाख ४ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष सम्परीक्षणबाट ५ करोड १७ लाख ११ हजार फौंट एवं ३ लाख ८२ हजार थप बेरुजु कायम भई हालसम्मको अद्यावधिक बेरुजु  ३७ करोड ४९ लाख ७१ हजार रहेको छ । 

यसैगरी महादेवा गाउँपालिकाको ९७ करोड ७५ लाख ८० हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ७९ लाख ५८ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा १ करोड ८ लाख ६२ हजारको प्रतिक्रियाबाट फस्र्योटभई बाँकी बेरुजुमा असुल गर्नुपर्ने १ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने  ५७ लाख १३ हजार, नियमित गर्नुपर्ने  १२ लाख ५५ हजार समेत गरी बाँकी बेरुजु  ७० लाख ९६ हजाररहेको छ । गत वर्षसम्म ४१ करोड ९२ लाख ४ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष सम्परीक्षणबाट ५ करोड १७ लाख ११ हजार फौंट एवं रू.३ लाख ८२ हजार थप बेरुजु कायम भई हालसम्मको अद्यावधिक बेरुजु ३७ करोड ४९ लाख ७१ हजार रहेको छ । 

यसैगरी बलान विहुल गाउँपालिकाको ९४ करोड ४८ लाख १० हजार लेखापरीक्षण गरिएकोमा ५ करोड २३ लाख ९७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा गाउँपालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकोले बाँकी बेरुजुमा असुल गर्नुपर्ने ४ लाख २१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ३ करोड ८१ लाख ४९ हजार, नियमित गर्नुपर्ने २५ लाख ५१ हजार र पेस्की बाँकी १ करोड १२ लाख ७६ हजार समेत यष वर्ष ५ करोड २३ लाख ९७ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म ३७ करोड ७ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा यस बर्ष ७ लाख ३० हजार सम्परीक्षण भई हालसम्मको अद्यावधिक बेरुजु ४२ करोड २३ लाख ९१ हजार रहेको छ ।

यसैगरी तिलाठी कोईलाडी गाउँपालिकाको १ अर्व ९ करोड ३६ लाख ८५ हजार लेखापरीक्षण गरिएकोमा १ करोड ६३ लाख बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिकृया प्राप्त भएको छैन । बाँकी बेरुजुमा असुल गर्नुपर्ने ८ लाख ६३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७७ लाख ७६ हजार, नियमित गर्नुपर्ने १७ लाख ८७ हजार र पेस्की बाँकी ५८ लाख ७४ हजार समेत यस वर्ष १ करोड ६३ लाख रहेको छ। पालिकाको गतवर्षसम्म ४१ करोड २० लाख १९ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू४२ करोड ८३ लाख १९ हजार रहेको छ । 

यसैगरी तिरहुत गाउँपालिकाको ६६ करोड ६४ लाख १० हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ७७ लाख ८८ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने  ५१ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ३२ लाख ९३ हजार, नियमित गर्नुपर्ने ४५ लाख ८५हजार र पेस्की बाँकी ४७ लाख ९५ हजार समेत यष वर्ष २ करोड ७७ लाख ८८ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म २९ करोड ८४ लाख ४९ हजार बेरुजू बाँकी रहेकोमा यो वर्ष समायोजन र सम्परीक्षणबाट फस्यौंट एवं कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजू ३२ करोड ६२ लाख ३७ हजार रहेको छ । 

यता छिन्नमस्ता गाउँपालिकाको १ अर्ब ७ करोड ९८ लाख ९४ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ६ लाख ६३ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिकृया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने २१ लाख ४८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३२ लाख ८२ हजार, नियमित गर्नुपर्ने .४९ लाख ३३ हजार र पेस्की बाँकी रु.३ लाख समेत यस वर्ष १ करोड ६ लाख ६३ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म ३४ करोड ५९ लाख ७७ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू .३५ करोड ६६ लाख ४० हजार रहेको छ । 

यसै गरी  अग्नीसाई कृष्णसवरन गाउँपालिकाको १ अर्व २ करोड २९ लाख ५६ हजार लेखापरीक्षण गरिएकोमा ३ करोड ३६ लाख ८८ हजार बेरूजू देखिएको छ । सो सम्बन्धमा २२ लाख ९२ हजारको प्रतिक्रियाबाट फस्यौट भई बाँकी बेरूजूमा असुल गर्नुपर्ने २६ लाख ५१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. १ करोड ४१ लाख ४३ हजार, नियमित गर्नुपर्ने  ४२ लाख ७७ हजार र पेस्की बाँकी १ करोड ३ लाख २५ हजार समेत यसवर्ष  करोड १३ लाख ९६ हजरा बेरूजू कायम रहेको छ । गत वर्षसम्म २५ करोड ५० लाख २८ हजार बेरूजू बाँकी रहेकोमा यस वर्ष समायोजन र फस्र्योट एवं कायम बेरूजू समेत हालसम्मको अद्यावधिक बेरूजू २८ करोड ४१ लाख ६३ हजार रहेको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार