मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

कोशी ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक

Anil Pokharel 36+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

कोशी ब्यारेज सप्तरी । शनिबार दिउँसो ३ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख ४१ हजार १ सय ६५ क्युसेक प्रतिसेकेन्ड भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।

अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको आज बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवतजावत बन्द गरिएको छ । ​​​​​​​अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ ।
कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी भएकाले पुलबाट सवारी साधन आवतजावतमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभएको छ । 

पानीको बहाव बढेपछि ब्यारेजका ५६  ढोका खुला गरिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिनुका साथै रातो झण्डा देखाइयो छ ।
कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो ।
भारतको बिहार राज्यअन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ । बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन् ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार