रूपनगरमा सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया

१२ मंगशिर २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित रूपनगरमा तिलगङ्गा कञ्चनरूप सर्जिकल आँखा केन्द्र रूपनगर , तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ , कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
आँखा शिविरमा पहिलो दिन १ सय ६३ जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो भने दोस्रा दिन १ यस ६७ जनाको र आज ८६ मोतियाबिन्दुको शल्यक्रिया गरिएको तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले जानकारी दिए ।
आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने विमारी अझै भएकाले निशुल्क आँखा शिविर बुधवारको लागी एक दिन थप गरिएको तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले बताए ।
सोमबार एक कार्यक्रमका बिच शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए ।
यस शिविरमा हालसम्म भारत , सुनसरी , उदयपुर , सिराहा देखि आएर निशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया मार्फत गरिब दुखीको उपचार भएको अनिल साउदले बताए ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यासको नेतृत्वमा आएको टोलीले आँखाका बिरामीहरूको उपचार गरेका थिए ।