मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

बरमझिया सवारी दुर्घटना थप एकजनाको ज्यान गयो

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

कञ्चनरूप । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२, बरमझियामा आइतबार भएको सवारी दुर्घटनाका दुई जनाको ज्यान गएको छ । 
बिहान करिब ६ः३० बजे बस र मोटरसाइकल ठोक्किँदा धनकुटा सागुगढी गाउँपालिका–४ की ५४ वर्षीया मैयाँ राईको घटनास्थलमै मृत्यु भएको थियो भने यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते सप्तरीका कञ्चनरूप नगरपालिका–१ का मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डितको मङ्गलबार उपचारको क्रममा मृत्यु भएको हो ।  
ठक्करबाट गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात् तत्कालै विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा मङ्गलबार बिहान ८ः३० बजे मृत्यु भएको मृतक परिवारले जनाएको छ ।   
गाईघाटबाट काँकडभिट्टातर्फ तीव्र गतिमा जाँदै गरेको  प्र.१–०१–००१ ख ४१२६ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको स.५ प.१५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको          थियो ।
दुर्घटनामा २२ जना घाइते भएका थिए जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको थियो । अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार गरिएको थियो  ।
घाइते आठै जनाको विराटनगरमा उपचार भइरहेको तथा उनीहरूको अवस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले बताएका छन  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार