मुख्य समाचार
राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस | सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत | मधेशमा ठूलो उलटफेर : मधेशकेन्द्रित दलहरू संसदबाहिर, ऐतिहासिक ‘क्लीन स्वीप’ | कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान |

कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम

Kanchan24 277+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

कञ्चनरूप सप्तरीको कञ्चनरूप नगरपालिकाले पालिका अन्तर्गत सञ्चालित ३३ वटा विद्यालय मध्ये ७ वटा विद्यालयले दिवा खाजा नै नखुवाई ६ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ विद्यालयहरूबाट रकम असुल गरी सङ्घीय राजस्व दाखिला गर्नुपर्ने महालेखाको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ । 

पालिका अन्तर्गत सञ्चालित ३३ वटा विद्यालययहरु मध्ये नमुना छनौटको आधारमा पालिकाले उपलब्ध गराएको खर्च विवरणको आधारमा देहायका विद्यालयको दिवा खाजा स्रेस्ता परीक्षण गर्दा खर्च भन्दा निकासा बढि भएकोले र कतिपय विद्यालयले दिवा खाजा नै नखुवाएको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।  

कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०÷८१ को क्रियाकलाप नं २.७.११.१ मा सामुदायिक विद्यालयका तोकिएका विद्यार्थीको लागि दिवा खाजा अन्तर्गत बालविकास देखि कक्षा ५ सम्मको विद्यार्थीलाई प्रति विद्यार्थी प्रति दिन  १५ का दरले खाजा खुवाएको दिनको आधारमा १८० दिनका लागि अनुदानको व्यवस्था गरेको छ । पालिका अन्तर्गत सञ्चालित ३३ वटा विद्यालयलाई नगरपालिकाले दिवा खाजा वापत ८३ लाख ३९ हजार ४ सय ७५ निकासा दिएको छ । यस सन्दर्भमा निम्नलिखित व्यहोरा देखिएको प्रतिवेदनमा उल्लेख छ । 
दिवा खाजाको मापदण्ड गुणस्तर र व्यवस्थापन सम्बन्धी कार्य कार्यान्वयन पुस्तकको अनुसूची ४ दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका २०७६ र विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ अनुसार प्रत्येक विद्यालयले दैनिक पोषण आवश्यकताको ३०% पोषण दिवा खाजाबाट प्राप्त हुने गरी विद्यालयले खाजा खुवाउनुपर्ने व्यवस्थाको पूर्ण परिपालना नभएकोले
पालिकाद्वारा उक्त कार्यको अनुगमन गरी खाजाको गुणस्तरीयता लगायतका मापदण्डको पूर्ण पालन गराउने तर्फ ध्यान दिनुपर्दछ पर्ने प्रतिवेदनमा उल्लेख छ ।  ।
आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली २०७७ को नियम ३९ को ५ मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्न बिल भरपाई प्रमाण र कागजात संलग्न हुनुपर्ने व्यवस्था छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार