Logo

बरमझियामा सुरु भएको फुटबल टुनामेन्ट प्रतियोगिताको द्घाटन खेलमा रुपनगर विजयी

Kanchan 24 २६ आश्विन २०७८, मंगलवार १८:३७ मा प्रकाशित

२७ , आश्विन, कञ्चनरुप ।
विजया दशमी तथा दिपावलको अवसर पारे सप्तरीको कञ्चनरुप स्थित बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगिता सुरु भएको छ ।
आजदेखि शुरु भएको स्थित बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगिता नेपाली काग्रेसका क्षेत्रिय स—सभापति तथा मेयरका प्रत्यासी उमेदवार ललन प्रसाद गुप्ता तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारद्वारासंयुक्त रुपमा उद्घाटन गरेका छन् ।
हिरोज स्पोर्टिङ्ग क्लबका अध्ष्क्ष विजय कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै स—सभापति तथा मेयरका प्रत्यासी उमेदवार गुप्ताले खेलकुद एक अनुशासित हुनै पर्ने क्षेत्र रहेकाले विना अनुशासन खेलाडी हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।गुप्ताले अनुशासित युवाहरुबाट नै देशको वास्तविक विकास हुने धारणा व्यक्त गरेका थिए ।
यसैगरी कञ्चनरुपका नगर प्रमुख बसन्तकुमारले खेलाडीहरुले कडा मेहनत र अनुशासनलाई बिर्षन नहुने बताएका छन् । धेरै राम्रा राम्रा खेलाडीहरुपनि अनुशासनको कारण खेल जीवन नै समाप्त भएको कतिपय अवस्था रहेको उदाहरण सुनाउदै नगर प्रमुख बसन्तकुमारले नगरपालिकाकोखेलकुदको बिकासको लागि पूर्वाधार सगै खेलाडीहरुको खेल बिकासको काम गरिरहेको बताए ।
हिरोज स्पोर्टिङ्ग क्लब बरमझिया सप्तरीद्वारा बरमझिया खेल मैदानमा मंगलबार भएको द्घाटन खेलमा सिवाईयुथ क्लवर सगरमाथा युथ क्लब रुपनगर १–२ गोलको खेलेको छ ।


प्रतियोगितामा सहभागी ८ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह कमा सिवाइृ युथ क्ल्ब, सगरमागा युवा क्लब रुपनगर , द एभ्रेष्ट युवा कल्ब हरिहरपुर सप्तरी, र आर्दश युवा क्लब भालमन्ति उदयुपुर रहेका छन भने समुह ख मा प्रोग्रेसिभ युथ कल्ब ओद्रह सप्तरी , अग्निसाइर युथ कल्ब इटर्हवा सप्तरी ,हरोज स्पोर्टिङ्ग क्लब बरमझिया सप्तरी र एम यफ सि युवा कल्ब महुली मगरटोल सप्तरी रहेका छन ।
खेल कार्तिक ५ गते सम्म चल्ने छ ।
तियोगिताको बिजेताले २० हजार  र उपबिजेताले १० हजार रुपैंया पुरस्कार पाउनेछा । यस्तै उत्कृष्ट डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, गोलकिपरलाई समेत पुरस्कार प्रदान गरिने हरोज स्पोर्टिङ्ग क्लब बरमझिया जनाएको छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार