Logo

सप्तरीमा जनप्रतिनिधिले एक दलित युवकलाई निर्घात कुटपिट गरेको आरोप

Kanchan 24 २६ आश्विन २०७८, मंगलवार १८:३८ मा प्रकाशित

२६ आश्विन, कञ्चनरुप ।
सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिले एक दलित युवकलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष पिताम्बर यादवले सोही वडाका २५ वर्षीय परुषोत्तम सदालाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन ।
रुपनी गाउपालिका वडा नम्बर १ मुसहरिमा टुहुरा नाबालक छोराछोरीलाई र भारतमा मजदुरी गर्ने श्रीमान लाई अलपत्र छोडि ३५ वर्षीय श्रीमती आफ्नै छिमेकि १८ वर्षिय केटा संग भागि बहु बिबाह गरेका हुन् । सोहि बिषय लाई लिएर इलाका प्रहरी कार्यालय रुपनीमा निबेदन परेको हुदा उक्त कुरा उप्पर छलफल गर्न बसेको पञ्चायतीमा भरभलादमि छलफल गरिरहेको बेला आरोपित रक्सि खाएर धुत रहेको र भरभलादमि लाई अश्लील गालि गरिरहेको हुदा समाजले रोक्ने क्रममा दुइ चार झापड लागेको वडा अध्यक्ष यादव ले के छ खबर लाई जानकारी गराए ।
स्थानीयका अनुसार युवक लाई सोमवार पञ्चायतीमा बोलाएका थिए । यता स्थानीय राजु जैसवालका अनुसार वडाध्यक्ष यादव सहित ५ जनाले युवकलाई ज्यान मार्ने गरि कुटपिट गरेका हुन् । ‘घटनास्थलसम्म हामी पुग्दा सबै भागेको थियो’ उनले भने–‘त्यसपछि मैले नै प्रहरीमा जानकारी गराए ।’


ताजा समाचार
ट्रेंडिंग समाचार