Logo

सप्तरीमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किएर दुई को मृत्यु

Kanchan 24 ३० आश्विन २०७८, शनिबार २०:१७ मा प्रकाशित

३०आश्विन , कन्चनरुप । सप्तरीमा शनिबार भएको दुर्घटनामा दुई जना मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा बा। ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापा शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स। ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापा भद्रपुर नगरपालिका–४ बस्ने २१ वर्षीय दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा। ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स। ५ प ८४३४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुबै मोटरसाइकल सवार युवकहरुको मृत्यु भएको हो।


ताजा समाचार
ट्रेंडिंग समाचार