Logo

बरमझिया फुटबल टुनामेन्ट प्रतियोगिताको विजेता ओद्राहा ,उपविजेता रुपनगर

Kanchan 24 ६ कार्तिक २०७८, शनिबार १०:०३ मा प्रकाशित

६,आश्विन, कञ्चनरुप ।
विजया दशमी तथा दिपावलको अवसर पारेर सप्तरीको कञ्चनरुप स्थित बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगिता पलाइनल खेलको प्रतियोगिताको उपाधि प्रोग्रेसिभ युथ क्लब ओद्राहाले जितेको छ ।
शुक्रबार फाइनलमा प्रोग्रेसिभ युथ क्लब ओद्राहले सगरमाथा युवा क्लब रुपनगरलाई २–१ गोलले पराजित गरेको हो । विजेताले २० हजारसहित ट्रफी जितेको छ । उपविजेताले १० हजार रुपैयाँ र ट्रफी पायो ।
विजेता खेलाडीलाई नेपाली काग्रेसका क्षेत्रिय स—सभापति तथा मेयरका प्रत्यासी उमेदवार ललन प्रसाद गुप्ताले पुरस्कार प्रदान गरे ।
गत २७ गते देखी शुरु भएको बरमझियामा फुटबल टुनामेन्ट प्रतियोगिता नेपाली काग्रेसका क्षेत्रिय स—सभापति तथा मेयरका प्रत्यासी उमेदवार ललन प्रसाद गुप्ता तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारद्वारासंयुक्त रुपमा उद्घाटन गरेका थिए।
प्रतियोगितामा सहभागी ८ टोली सहभागी थिए। सहभागी टोलीलाई दुई समूहमा बाँडिएको थियो । समूह कमा सिवाइृ युथ क्ल्ब, सगरमागा युवा क्लब रुपनगर , द एभ्रेष्ट युवा कल्ब हरिहरपुर सप्तरी, र आर्दश युवा क्लब भालमन्ति उदयुपुर रहेका छन भने समुह ख मा प्रोग्रेसिभ युथ कल्ब ओद्रहा सप्तरी , अग्निसाइर युथ कल्ब इटर्हवा सप्तरी ,हरोज स्पोर्टिङ्ग क्लब बरमझिया सप्तरी र एम यफ सि युवा कल्ब महुली मगरटोल सप्तरी रहेका थिए ।


ताजा समाचार
ट्रेंडिंग समाचार