Logo

नेकपा एकीकृत सामजवादीको चुनाव चिन्ह ‘कलम’

Kanchan 24 १० कार्तिक २०७८, बुधबार १८:११ मा प्रकाशित

१० कात्तिक, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिन्ह ‘कलम’ पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।
नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ ।
त्यसअघि एकीकृत समाजवादीले चुनाव चिन्ह खुल्ला किताब राख्ने प्रस्ताव गरेको थियो । निर्वाचन आयोगले प्रस्तावित नाम अर्को दलसँग मिल्दोजुल्दो देखिएकाले नयाँ नाम ल्याउन सुझाव दिएको थियो । त्यसपछि एकीकृत समाजवादीले निर्वाचन चिन्ह परिवर्तन गरेको हो ।
आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार