Logo

कुमारी मोक्तान : जनसरकार प्रमुखदेखि मन्त्रीसम्म

Kanchan 24 ११ कार्तिक २०७८, बिहीबार १९:०३ मा प्रकाशित

११ कात्तिक, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री पाण्डेसंगै तीन मन्त्रीसमेत आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।तीनमध्येका एक हुन्, कुमारी मोक्तान । नेकपा ९माओवादी केन्द्र० बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेकी मोक्तान सामाजिक विकाममन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । मोक्तान मकवानपुरको निर्वाचन क्षेत्र–२ ९क० बाट २०७४ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध रहेकी मोक्तानको जन्म २०३६ सालमा भएको हो । मकवानपुरको तत्कालीन पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ मा बाबु सानुकान्छा मोक्तान र आमा तीर्थमायाको कोखबाट जन्मेकी मोक्तान जनयुद्धको समयमा माओवादीले संचालन गरेको ‘जनसरकार’मा रहेर काम गरेको अनुभव छ ।दृष्टि न्युजबाट


ताजा समाचार
ट्रेंडिंग समाचार