Logo

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

Kanchan 24 ११ कार्तिक २०७८, बिहीबार १९:४४ मा प्रकाशित

११ कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन हुनेछ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ । त्यसै गरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार