Logo

तेश्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको विजेता पर्सा

Kanchan 24 १५ कार्तिक २०७८, सोमबार १८:२० मा प्रकाशित

१५ कात्तिक, राजविराज, ।
सप्तरीको महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालित तेश्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधी युनाइटेड क्रिकेट क्लव पर्साले जितेको छ ।
सोमवार भएको फाइनल खेलमा टस हारेर व्याटिङ पाएको युनाइटेड क्रिकेट क्लवले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारे
खेलमा घरेलु टिम छिन्नमस्ता स्पोर्टस क्लव बरही विरपुर सप्तरीलाई ५९ रनले पराजित गर्दै युनाइटेड क्रिकेट क्लव पर्साले कप र एक लाख रुपैयाँ नगद हात पारेको हो ।
युनाइटेड क्रिकेट क्लव कालागि सन्तोष कार्कीले सर्वाधिक ३९, सैफअली हवारीले ३३, नरेश गिरीले २७ र इमरान शेखले १८ रनको योगदान दिए । बलिङतर्फ सप्तरीका उपेन्द्र रायले ३, महबुब आलम र दिनेश अधिकारीले समान २र२ विकेट लिए ।
१६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको छिन्नमस्ता स्पोर्टस क्लव बरही विरपुर सप्तरीले १८ दशमलव ५ ओभर खेल्दै १०२ रनमै समेटियो । सप्तरीकालागि रोहन विक सर्वाधिक ३५, हासिम अन्सारी १८, सेना अनसारी १७ र आदिल अनसारीले १३ रनको योगदान दिए ।
पर्साकालागि घातक बलिङ गर्दै राजा मंसुरीले ४, अल्फाज मन्सुरीले ३ तथा नरेश गिरी र इमरान शेखले समान १÷१ विकेट लिए । फाइनल खेलको म्यान अफ दि म्याच राजा मन्सरी घोषित भए भने छिन्नमस्ता स्पोर्टस क्लब सप्तरीका आदिल अन्सारी म्यान अफ दि सिरिज घोषित भएका थिए ।


ताजा समाचार
ट्रेंडिंग समाचार