Logo

सप्तरीको सुरुङ्गामा अन्य परित्याग गरि सयौको संख्यामा नेकपा ( एस) प्रवेश

Kanchan 24 ४ मंसिर २०७८, शनिबार १९:१५ मा प्रकाशित

०४ मंसिर कञ्चनरुप ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा –६ मा सयौ संख्यामा नेकपा ( एकिकृत समाजवादी) पार्टी प्रवेश गरेका छन।
प्रदेश २ सभा सदस्य गोविन्द न्योैपाने नवप्रबेशिहरुलाई माला र अविर लगाई उनीहरुलाई स्वागत गरेका थिए।
सुरुङ्गा नगरपालिकामा –६ को कार्यकता भेलाबाट यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसवाट बद्री नारापण साहको नेतृत्वमा ५१ जना जसपाका वडा नं. ६का अध्यक्ष केशवर प्रसाद साह तथा भगवति चौधरी साहित २१ जना र एमालेबाट मुक्ति ठाकुर सहित सुरुङ्गा नगरपालिकामा –६बाट ७० प्रतिसतले परित्याग गरि नेकपा ( एकिकृत समाजवादी) मा प्रवेश गरका छन ।
सुरुङ्गा नगरपालिकामा –६ को भोलाबाट बुधन पासमान को अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन भएको छ ।
कार्यक्रममा प्रदेश २ सभा सदस्य गोविन्द न्योैपाने ,स्थाई समिति सदस्य राम प्रित पासमान, क्षेत्र नं. ४ का इन्चार्ज राजेन्द्र साह, सुरुङ्गा नगरपालिका इन्चार्ज विष्णु साद, देवेन्द्र चौधरी, हिरा कुमारी चौधरी लगायत नेता तथा अगुवा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।


ताजा समाचार
ट्रेंडिंग समाचार