Logo

नेपाली कांग्रेस १४ औं महाधिवेशन : कञ्चनरुप नगर अध्यक्षमा कैलाश कुमार साह

Kanchan 24 ४ मंसिर २०७८, शनिबार १९:४२ मा प्रकाशित

४ मंसिर ,कञ्चनरुप ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शनिवार कञ्चनरुप नगर अधिवेशनमा सर्वसहमतिले नगर अध्यक्षमा कैलाश कुमार साहलाई चयन गर्दे समिति गठन भएको छ ।
महाधिवेशनको वन्दसत्रबाट कैलाश कुमार साहको सभापतीत्वमा ६० सदस्य नगर कमिटी सर्वसहमत भएको छ । नव गठिन कमिटी पूर्णरुपमा समावेशिता भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. १का स सभापति तथा कञ्चनरुप नगरपालिकाका प्रत्यासी उमेदवार ललन प्रसाद गुप्ताले समाजिक संजालमा बधाई तथा शुभकामना ब्यक्त गरको छन ।
नगर सभापति ,कैलाश कुमार साह ,उप सभापति पशुपति प्रसाद गुप्ता ,उप सभापति श्री बैजनाथ गुप्ता सचिव करिम शेख सचिव वीरेन्द्र कुमार गुप्ता सह सचिव रामानन्द साह ,सह सचिवस् उमाकान्त बढिहि लगायत ६० सदस्य नगर कमिटि रहेको गुप्ताले उल्लेख गरेका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

ताजा समाचार
ट्रेंडिंग समाचार