Logo

सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

Kanchan 24 ९ मंसिर २०७८, बिहीबार १७:४६ मा प्रकाशित

९ मंसिर कञ्चनरुप ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ अन्तर्गत पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दर्घटनामा परी मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ का ४० वर्षीय कुमार बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएको बस्नेतको सिरहाको लहान स्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरको छ । दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार