Logo

प्रेस सेन्टरको अधिवेशन : क्रान्तिको नेतृत्व अब कलमले गर्ने :- प्रचण्ड

Kanchan 24 १८ मंसिर २०७८, शनिबार १८:०० मा प्रकाशित

गोपाल गुप्ता
१८ मंसिर mचितवन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व अब कलमले गर्ने बताएका छन् । बन्दुक छोडेर अब कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको उनले बताए ।
पार्टी निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै चितवनमा शनिबार अध्यक्ष प्रचण्डले हिजोका दिनमा क्रान्तिका लागि प्रमुख बन्दुक भएपनि आजको समयमा कलम प्रमुख भएको बताए ।
‘बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको छ । हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो अहिले कलम प्रमुख भएको छ’ अध्यक्ष प्रचण्डले भने ।
प्रतिगमनका विरुद्ध लडका लागि होस् वा आर्थिक समृद्धिको यात्रामा प्रेस जगतको महत्वपुर्ण योगदान हुनुपर्ने बताउँदै उनले प्रेस जगतले व्यवस्था रक्षाका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।
गत बर्ष संविधान उल्टाउने प्रयास भएको र अहिले पनि प्रतिक्रियावादी चलखेल गरिरहेकाले प्रेस जगत सजग हुनुपर्ने उनले बताए ।


एमालेले चितवनमा गरेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले मण्डलेहरुको भेलाको संज्ञा दिदै भने, ‘एमालेले मण्डले मेला गर्यो । जहाँ मण्डले प्रविति देखियो । एमालेमा मण्डले करण पंचायती करणा र प्रतिगमनकारी पक्ष छ । हामी प्रतिगमनलाई रोक्न चाहन्छौं ।
२८ मंसिरमा संसदको अधिवेशन आह्वान गरिएको भन्दै उनले भने, ‘कोहीले सोचेका छन्, महाअभियोगको लागि भनेर । अर्कोतिर एमसीसीले के गर्छ भन्ने चिन्ता छ अध्यक्ष प्रचण्डले भने ।
प्रेस सेन्टरको चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी, सदस्य सहित नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।


ताजा समाचार
ट्रेंडिंग समाचार