Logo

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष मण्डलबीच कुटाकुट , अध्यक्षका दुई दाँत भाँचिए

                     
Logo २२ मंसिर २०७८, बुधबार ०८:१७    

२२ मंसिर ,राजविराज ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ ।

मंगलवार दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेको बेला विवाद भए पछि अध्यक्ष र उपाध्यक्ष मण्डलबीच कुटाकुट भएको थियो ।

कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको बताइएको छ । गाउँपालिकाको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवका अनुसार

अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी हुदा हुदै एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’ अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाचिएको छ ।’

उपाध्यक्ष मण्डलले गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग गर्न थालेपछि कुर्सी उठाएको स्वीकार गर्गुभो । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उँहाले भन्नु भो ‘तर मलाई थाहा छैन उहाँको दाँत भाचियो भनेर ।’

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो ।उक्त घटनाबारे अध्यक्षलाई वुझ्न खोज्दा फोन उठेन् ।

जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बिऊ बिजन बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो ।

प्रहरीका अनुसार अध्यक्ष र उपाध्यक्ष घम्साघम्सी भएको खवर आएको तर ‘घटनापछि दुबै जना आ—आफ्नो घरतिर लाग्यो भयो प्रहरीमा कुनै मौखिक तथा लिखित जानकारी नअभाएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भायो ।

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो । सौरभ यादवले नँया पत्रिकामा यो समाचार लेखेकाछन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?