Logo

खोटाङका युवा नेता सुवासकुमार पोखरेलद्वारा कांग्रेसको केन्द्रीय सदस्य उम्मेद्वारीको घोषणा

                     
Logo २३ मंसिर २०७८, बिहीबार १६:५४    

२३ मंसिर, खोटाङ्ग ।

नेपाली काँग्रेसका जुझारु चर्चित युवा नेता सुवासकुमार पोखरेलले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरेल संस्थापनइतर शेखर कोइराला निकट मानिन्छन् । नेपाली कांग्रेस खोटाङको पूर्व पार्टी सभापतिसमेत रहेका पोखरेल वाकशक्ति, प्रखर र प्रष्ट वक्ता हुन् ।

पोखरेललले आफ्ना पक्षमा अन्य नेता तथा कार्यकर्ताले भोटका लागि सामाजिक सञ्जालबाट प्रचार–प्रसार तीव्र बनाएका छन् । हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् । यस अर्थमा पनि पोखरेलकोे उम्मेदवारीलाई महत्वकासाथ हेरिएको छ ।

नेता पोखरेलले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् ।

२०२७ सालमा खोटाङको खार्पा (हाल रावावेंसी गाउँपालिका) मा जन्मिएका पोखरेल १४ औँ महाधिवेशअन्तर्गत भर्खरै सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

‘म परिवर्तन र विकासको संवाहक हुन चाहन्छु । हामीलाई सुदृढ, दूरदर्शी र जनताको भावना बुझ्ने विकासप्रेमी नेतृत्व चाहिएको पोखरेलले बताएका छन ।

नेपाली काँग्रेसको क्रियाशील सदस्य २०४८ सालमा प्राप्त गरेर लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपालको निर्माणको लागि विकास कार्यमा निरन्तररुपमा पोखरेल लागि रहेका छन् ।

आर्थिक सामाजिक रूपान्तरणको लागि लोकतान्त्रिक समाजवादी चिन्तक विश्वेश्वरप्रसाद कोइरालाकै नेपाली सामाजिक आर्थिक विकासको मोडेल नै पोखरेलको विकासको खाका हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?