Logo

प्रदेश नं २ मा ५.२४ प्रतिशतले धान उत्पादनमा कमी

Kanchan 24 १९ पुष २०७८, सोमबार १४:०२ मा प्रकाशित

१९ पुष ,कञ्चनरुप
चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं २ मा ५.२४ प्रतिशतले धान उत्पादनमा कमी आएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ५.२४ प्रतिशतले कमी आएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यो वर्ष देश भरी नै धान उत्पादनमा ८.७४ प्रतिशतले ह्रास आएको जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटनमात्र उत्पादन भएको मन्त्रालयको भनाइ छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार